
<pre><b>कात्तिक, काठमाडौं। </b></pre><p style="text-align: justify; ">बलिउडका सुपरस्टार सलमान खानको अपकमिंग फिल्म ‘टाइगर जिन्दा हे’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । सलमान खानले दिपावलीको शुभकामना दिँदै आफ्नो फेसबुक पेजमार्फत फिल्मको पहिलो लुक्स सार्वजनिक गरेका हुन् । पोष्टरमा सलमानले हातमा बन्दुक लिएका छन् भने अनुहारमा क्रोध देख्न सकिन्छ्। </p><p style="text-align: justify; ">२०१२ मा रिलिज भएको सुपरहिट फिल्म 'एक था टाइगर'को सिक्वेलको रुपमा बनेको ‘टाइगर जिन्दा हे'मा सलमानको साथमा कट्रिना कैफको अभिनय रहेको छ। फिल्म डिसेम्बर २२ मा रिलिज हुँदैछ्। </p><p style="text-align: justify; ">यस अघिको 'एक था टाइगर' मा जस्तै यस फिल्ममा पनि सलमानको जबरजस्त एक्शन देख्न सकिने बताइएको छ। फिल्मलाई कबीर खानले निर्देशन गरेका हुन् । फिल्ममा कट्रिनाको पनि जबरजस्त एक्शन रहेको बताइएको छ। एजेन्सी</p>