कोरियामा हुने ‘ब्राइडल अवार्ड’मा नेपाली सिम्रन

कात्तिक, काठमाडौं।

दक्षिण कोरियाको सउल शहरमा २० देखी २४ अक्टुबरसम्म आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ अवार्ड ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’ अन्तर्गत रहेको ‘ब्राइडल अवार्ड २०१७’मा नेपालको प्रतिनिधित्व सिम्रन खड्काले गर्ने भएकी छन् । कोटेस्वरकी २० बर्षिया खड्कालाई नेक्स्ट मोडल्स नेपालले उक्त अवार्डमा पठाउन लागेको हो ।

नेपालीका लागि अन्तराष्ट्रिय मोडलिङ अवार्डको ढोका खोल्न सिम्रन सफल भएको बताउँदै नेक्स्ट मोडल्सका अध्यक्ष रबि धमलाले टाइटल समेत उनले नेपाल भित्र्याउने बिस्वास आफुलाई रहेको बताए । यो अवार्डमा २५ देशका ४५ उत्कृष्ट मोडलहरुको सहभागीता रहनेछ । सिम्रन केही महिना पहिले राजधानीमा आयोजित ‘मोडल हन्ट नेपाल २०१७’ की फष्ट रनर अप विजेता हुन् ।

बिभिन्न देशको कलासंस्कृती, भेषभुषा प्रदर्शन गर्ने उदेश्यले आयोजना हँुदै आएको अवार्डमा खड्काले डिजाइनर रेखा मोदी मित्रुकाले तयार पारेका नेपाली कलासंस्कृती झल्कने, मौलीक र राष्ट्रिय पहिरन सहित प्रस्तुति दिनेछिन् । देशको कलासंस्कृती अन्तराष्ट्रिय स्तरमा पुर्याउन र अन्तराष्ट्रिय मोडलिङ अवार्ड स्वदेश भित्र्याउन आफु सहभागी हुन लागेको खड्काले बताइन् ।