कात्र्तिक, बर्दिबास ।

नेपालीहरुको अर्को ठुलो चाडको रुपमा मानिने तिहारमा बिशेषतः लक्ष्मि पुजा गर्ने गरिन्छ । टिकाको अघिल्लो दिन लक्ष्मिमाताको पुजाआजा गर्दै मनाइने यो पर्वमा सबैको घरमा लक्ष्मि भित्र्याउने गर्दछन् । यसैबिच बर्दिबासका मुसहर बस्तीका बासिन्दाहरुले लक्ष्मिको रुपमा धुर्मुस सुन्तलीको तस्बिरमा पुजा गरेका छन् । आफुहरुलाई जीवन स्वरुप घर उपहार दिएर भगवान बनेको भन्दै उनीहरुले लक्ष्मि पुजाको दिन समाजसेवी तथा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को तस्बिरमा पुजा गरेका हुन् ।

लक्ष्मी पूजाका लागि टिकाको अघिल्लो दिन साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले बस्तीका महिलाहरुले लिपपोत गरेका थिए । चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाएका थिए । लक्ष्मी आउने बाटो देखाइको थियो । घर अगाडी रंगौली बनाएर पालामा तेल हालेर दिप जलाए ।

हिजो साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मुसहरहरुले मनाएका थिए । ‘पुस्तौं पीडाबाट छट्पटाका थियौं । हामीलाई कसैले वास्ताव् गर्दैंनथियो । मुसहरहरुको जीवनमा धुर्मुस —सुन्तली भगवान् बनेर आउनुभयो,’ बस्तीका करिमाझी मुसहरले भने,‘चन्दा मागेर हामीलाई ७ करोंडौको घर बनाइदिनुभयो । छोरा छोरीलाई स्कूल पठाइदिनुभयो । हाम्रो दुःख बुझ्नुहुने धुर्मुस —सुन्तलीनै हाम्रो देवता हो हजुर’

बस्तीमा प्रवेश शुःल्क लगाइएको छ । त्यसबाट उठेको रुपैंया बस्तीमा समिति बनाएर कोषमा जम्मा गरिन्छ । ‘२० जनाले कोषबाट ऋण लिएर धान खेती गरेका छन् । धान राम्रो फलेको छ,’ एकिकृत नमुना मुसहर बस्तीका अध्यक्ष विल्टु सादा मुसहरले भने,‘हामी अब घरको मात्रै हैन, अन्नको पनि धनी बनेका छौ । धान पाक्यो । छठपछि दाँय गर्छौं । ’

दलित भनेर मुसहरहरुलाई छिमेकीले हेला गर्थे । धुर्मुस —सुन्तलीले उनीहरुले पाएको खान खाए । उनीहरुले छोएको पानी खाए । अहिले मुसहरहरुलाई छिमेकीहरुले पनि माया गर्छ । हालखवर सोंध्दछन् ।

‘यस बर्षको दिपावलीको उज्यालाले मुसहरको जीवन जगमग भयो । मनै प्रफुल्ल भयो,’ स्तानातक पहिलो बर्षमा अध्ययनरत बस्तीका मञ्जय सादा मुसहरले भने, ‘विद्यालय नजाने सबै बच्चा स्कूल जान्छन् । पढेर ठूलो बन्ने सपना देखेका छन् । सबै बुझ्ने भए । सबै आत्म निर्भर हुदैंछन् । बस्तीमा टाढा टाढाबाट देंउसी खेल्न आउने गरेका छन् ।