साहित्यकार सूर्यप्रसाद सुवेदीको निधन

कार्तिक, काठमाडौं ।

फोक्सोको क्यान्सरबाट पिडित साहित्यकार तथा समाजसेवी सूर्यप्रसाद सुवेदीको निधन भएको छ । चाबहिलस्थित ओम अस्पतालमा उपचार गराइएका ७२ बर्षीयसुवेदीको आइतबार राती निधन भएको उनकी धर्मपत्नी प्रतिभा सुवेदीले जानकारी दिईन्

दुई महिनाअघि फोक्सोको क्यान्सर पत्ता लागेपछि उनलाई उपचारार्थ ओम अस्पतालमा भर्ना गरिएको थियो । सुवेदीले विक्रम सम्बत् २०३० देखि २०७० सम्म नेपालका प्रख्यात साहित्यकार र श्रष्टाका ‘सृजना र दृष्टिकोण’ नामक अन्तवार्ता संगालो प्रकाशित गरेका थिए ।

यसैगरी उनको उपन्यास ‘दिशाहिन यात्रा’ र ‘सूर्य सुवेदीका कथाहरु’ नामक कथा संगालो प्रकाशित छन् । फुटकर, निबन्ध र पत्रपत्रिकामा नियमित स्तम्भकारका रुपमा परिचित सुवेदी समाजसेवामा पनि साब्ला ग्रामिण केन्द्रबाट सक्रिय थिए ।

विक्रम सम्बत् २००२ सालमा तेह्रथुमको साब्ला गाविसमा जन्मिएका सुवेदीको सक्रियतामा तेहंथुममा ५० भन्दाबढी झोलुङ्गे पुल निर्माण भएको छ । २०३० सालदेखि रेडियो नेपालबाट पत्रकारिता सुरु गरेका सुवेदी २०४६ सालको जन आन्दोलनमा पनि सक्रिय सहभागी भएका थिए । त्यतिबेला उनले आन्दोलनलाई सहयोग पु¥याउने उद्देश्यले गान्दीप नामक साप्ताहिक पत्रिका समेत प्रकाशन गरेका थिए । सुवेदी हाल काठमाडौंको ज्ञानेश्वरमा वस्दै आएका थिए । स्वर्गीय सुवेदीका  दुई छोरा र धर्मपत्नी छन् । जेठो छोरा अमेरिका रहेकाले उनी आएपछि मंगलबार दाहसंकार गरिने परिवारले जनाएको छ ।