
<pre><b>कार्तिक, काठमाडौं । </b></pre><p style="text-align: justify; ">चलचित्र ‘बटरफ्लाई’को छायांकनको सम्पुर्ण काम सकिएको छ । समावेश हुने प्रेम भावको एक गीत छायांकन भएसँगै चलचित्रको सम्पुर्ण छायांकन सकिएको हो । ‘मायाका रङहरु’ बोलको गीतमा लिड अभिनेता आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्कीले दृश्य दिएका छन् ।</p><p style="text-align: justify; ">चिसिँदो मुडेको मौसममा खिचिएको उक्त गीतमा प्रियंकाले केहि बोल्ड लाग्ने दृश्यहरु दिएकी छिन् । प्राप्त तश्विरमा उनलाई आर्यनको अंगालोमा भेट्न सकिन्छ । केहि दिन पहिले मात्रै खिचिएको उक्त गीत छिट्टै नै रिलिज गर्ने निर्माण टिमले बताएको छ । ओमप्रतिक गुरुङ यो फिल्मका निर्देशक हुन् ।</p><p style="text-align: justify; ">पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति छन् । सुरेश बज्राचार्यले खिचेको फिल्ममा कोरियोग्राफी कविराज गहतराजको छ । आउँदो पुस २८ मा फिल्म रिलिज हुनेछ ।</p>