फाटेको जुत्तालाई दर्शकको साथ

कार्तिक, काठमाडौं ।

गएको शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘फोटेको जुत्ता’ लाई दर्शकको राम्रो साथ मिलेको छ । रिलिजमा आएका दुई चलचित्र ‘फाटेको जुत्ता’ र ‘धनवान’ मध्ये ‘फाटेको जुत्ता’मा दर्शकको उल्लेखनिय उपस्थिती देखिन्छ । पहिलो दिनको प्रदर्शनको दिन राजधानीका अधिकांश सिंगल हलहरुमा दर्शकको उपस्थिती बाक्लो देखिन्थ्यो । बालाजु बाइपासस्थित अष्टनारायणको बिहानको शो हेरेर निस्किएका दर्शकले कमेडी मन परेको प्रतिक्रिया दिएका थिए । साथै चावहिलस्थित गोपिकृष्ण चलचित्र मन्दिरमा पनि दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका थिए । ‘फाटेको जुत्ता’ले सिंगल स्क्रिनसँगै मल्टिप्लेक्समा पनि सो पाएको छ ।

अर्जुनकुमारको निर्माण र निकेश खड्काको प्रस्तुती रहेको यो चलचित्रले तराईको जनजीवन चित्रण गरेको छ । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, दयाहाङ राई, वर्षा राउत, कामेश्वर चौरासिया, रविन्द्र झा लगायका कलाकारको अभिनय छ ।  सिचुएश्नल कमेडी जानराको चलचित्र आफूलाई प्रमाणित गर्ने चलचित्र भएको निर्देशक निकेश खड्काले बताउँदै आएका छन् ।

त्यस्तै सिंगल स्क्रिनमा सो पाएको फिल्म धनवानलाई दुर्गा खड्काले निर्माण गरेका हुन् । प्रचारप्रसार बिना पर्दामा उत्रिएको फिल्मलाई ऋषि न्यौपानेले निर्देशन गरेका हुन् । मौनता श्रेष्ठको कथा रहेको फिल्ममा भरत थापा, समिता गिरी, दिनेश शर्मा, सुशील क्षेत्री, केदार घिमिरे, सुरविर पण्डित लगायतका कलाकारहरुको अभिनय छ । यो चलचित्रमा भने दर्शकको उपस्थिती निकै कम देखिन्छ ।

त्यस्तै यहि साताबाट हलिउड चलचित्र ‘थोरः रगनारोक’ प्रदर्शनमा आएको छ । बलिउडबाट भने यो साता नयाँ फिल्म रिलिज भएको छैन । हलिउडतर्फ चलचित्र ‘थोरः रगनारोक’ यो चलचित्र थोरको तेस्रो संस्करण हो । अमेरिकन सुपर हिरो चलचित्रले मल्टिप्लेकसमा सो पाएको छ। मार्भल स्टुडियोजको प्रस्तुती रहेको फिल्मलाई टाकिया वेटिटीले निर्देशन गरेका हुन् । चलचित्रमा क्रिस हेम्सवर्थ, टम हिडलस्टोन, क्लेट ब्लाडचेट, जेफ गोल्डबल्म, कार्ल उर्बन, मार्क रफालो लगायतको अभिनय रहेको छ ।

- समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।