बिष्णु माझिको आँशु झार्ने नयाँ लोकगीत ‘आँशुको कारखाना’ (भिडियो)

...

<pre><b>कार्तिक, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">गायिका बिष्णु माझि नेपाली लोक तथा दोहोरी गीत क्षेत्रको निकै चर्चित नाम हो । नेपाली लोकदोहोरी क्षेत्रकै सबैभन्दा महंगी गायिकाको रुपमा चिनिएकी बिष्णु माझिकुनै पनि मिडियामा आउन चाहान्निन् । उनका बारेमा बजारमा धेरै कुराहरु चलेपनि उनका नजिकका मित्रहरुले भने बिष्णु माझि आफ्नै खुसीले यसो गरेको बताइन्छ । तर बिष्णु माझिको बारेका कत्तिले बन्धक बनाएर राखिएको छ भन्ने गरेका छन् भने कतिले उनकै श्रीमानले यसो गरेका हुन् भन्ने समेत हल्ला चलेको पाइन्छ । तर उनका नजिकका ब्यक्तिहरुसँग आर्टिष्ट खबरले कुरा गर्दा उनले आफुखुसीनै यस्तो गरेको बताउँछन् ।&nbsp;</p><p style="text-align: justify; ">‘बिष्णु माझिलाई कसैले बन्देज गराएको छैन, यो हल्ला मात्र हो । उहाँ कार्यक्रमहरुमा मात्र नहिड्नु भएको हो, मिडियामा सार्वजनिक नहुनुभएको मात्र हो, बिदेश घुम्न पनि जानुहुन्छ तर यस्तो खबर बाहिर नआएको कारण मात्र मानिसहरुले अनेक हल्ला चलाएका हुन् ।’ उनी नजिक एक मोडल तथा सर्जकले हामीसँग कुरागर्दै भने ।</p><p style="text-align: justify; ">बिष्णु माझिले गाएका गीत सार्वजनिक भइरहेका हुन्छन् । एक गीतकै ४० हजार पारिश्रमिक लिने मंहगी गायिकाको रुपमा चिनिनै बिष्णुको स्वरमा महिनामा आधादर्जन बढी गीतहरु बजारमा आउँछन् ।&nbsp; यसका साथै भर्खरमात्रै एक गीत सार्वजनिक भएको छ । जुन नेपाली लोकदोहोरीकै छोटो समयमा धेरै पटक हेरिएर रेकर्ड राखेको छ । हार्बिट नेपाल को यूट्यूब च्यानलमा अपलोड गरिएको ‘आँसुको कारखाना’ बोलको गीतलाई योगसना डिजिटल ले बजारमा ल्याएको हो । उक्त गीतमा गणेश अधिकारी को लय मंजीत पहाड़ी को सब्द रहेको छ । गीतमा बिष्णु माझिसँग अर्जुन कुंवर ले स्वर दिएका छन् । भिडियो लाई निर्देशन स्मृति तिमिल्सिना गुरुआमा ले गरेकी छिन् । साथै छायांकन सुरेश श्रेष्ठा को रहेको छ श्रीनगर मा मेघराज बस्नेत को रहेको छ र भिडियोमा आशीर प्रताप जंग, सारिका के सी र शेर बहादुर डीसी को रहेको छ&nbsp; ।</p><pre style="text-align: justify; ">Video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/fWiJb-6VPak" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>