कार्तिक, काठमाडौं ।

चलचित्र ‘झ्यानाकुटी’ युनिटले आफ्नो पब्लिसिटीलाई तिब्रता दिएको छ । राजधानीको विभिन्न कलेजमा पुग्दै चलचित्र युनिट पब्लिसिटीमा जुटेको हो । अभिनेता सौगात मल्ल , अभिनेत्री बेनिशा हमाल , निर्मात्री तथा अभिनेत्री निशा अधिकारी लगायत राजधानीको मित्रपार्कमा रहेको टेक्सस इन्टरनेशनल कलेज र चाबहिलमै रहेको के यु सिटी कलेजमा पुगेका थिए ।

आफुले रुचाएको कलाकारलाई देखेपछी विधार्थीले सेल्फी मात्र खिचेनन् , जिज्ञाषा समेत मेटाए । विशेष गरि हाकु कालेको उपनामले परिचित सौगातलाई फिल्म बारे धेरै प्रश्न तेर्सिए । पछिल्लो समय झ्यानाकुटी फोटो कन्टेस्टको झैँ एक विधार्थीले सौगातलाई उचालिन । निशा नाम गरेको विधार्थीले फिल्मको पोष्टरमा बेनिशाले सौगातलाई बोके झैँ बोकेकी हुन् । आफ्नो जोडीलाई त्यसरी बोकेको तस्वीरलाई सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्दै ३ल्यखज्ञज्ञठ र ३व्जथबलबपगतष् मेन्सन गरेर झ्यानाकुटी पेजलाई ट्याग गर्दै अपलोड गर्ने मध्यसबै भन्दा बढी लाइक पाउनेले प्रति चाउचाउको तर्फबाट नगद रु ५१ हजार प्राप्त गर्नेछन ।

यसैले गर्दा पनि पछिल्लो समय यो कन्टेस्टले चर्चा पाईरहेको छ । कलेजमा पुगेको फिल्म युनिटले पनि बाल विवाहको बारेमा छलफल गरेको थियो । फिल्म नै विवाहित जोडीको कथा रहेकाले यस बारे छलफल भएको हो । साथै स्टुडेन्टलले एकले अर्कालाई बोकेका पनि थिए । विनरलाई निर्माण टिमले फिल्म अंकित टि सर्ट र फिल्मको टिकेट प्रदान गरेको थियो ।