झापाबाट शुरु भयो ‘अमेरिका बोइज’

...

<pre><b>कार्तिक, काठमाडौं । </b></pre><p style="text-align: justify; ">चलचित्र ‘अमेरिका बोइज’को छायांकन झापाबाट शुरु गरिएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको यो चलचित्रको&nbsp; गएको आइतवार झापाको एक मन्दिरबाट शुभमुर्हूत गर्दै छायांकन सुरु गरिएको हो ।&nbsp; मुहूर्त समारोहमा अर्पण थापा, सुनिल थापा (राते काईला), हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की लगायत मुख्य कलाकार भने उपस्थित थिएनन् ।&nbsp;</p><p style="text-align: justify; ">निर्देशक पौडेलका अनुसार, अबको करीब १४ दिनसम्म छायांकन झापामा हुनेछ । चलचित्रको कथा विवेक पाण्डेले लेखेका हुन् । प्रकाश भुजेल र अनुप थापा कार्यकारी निर्माता रहेको चलचित्रको लागत दुई करोड रहने बताइएको छ । इन्द्र प्रसाद खरेल र डम्बर चन्द चलचित्रका निर्माता हुन् । चलचित्रलाई अलोक सुक्लाले खिच्दैछन् । ३ युवाले गर्ने एउटा गल्तीबाट उत्पन्न हुने समस्याको कथा बोल्ने चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, दीपक आरजे र जयन जे वाइवाको संगीत सुन्न सकिनेछ ।</p><p><br></p>