कार्तिक, काठमाडौं ।

नायिका ऋचा शर्मा र नायक अर्पण थापाको जोडी चलचित्र ‘फेरि–फेरि’मा पनि देखिने भएको छ । यो भन्दा अघि ‘आधा लभ’, ‘चक्कर’, ‘सुनकेसरी’, ‘फिर्के’ मा समेत यो जोडी देखिइसकेको । ‘फेरि–फेरि’लाई पुरन थापाले निर्देशन गर्दैछन् ।

माता वसुन्धरा मुभिजको प्रस्तुतिमा बन्ने यो चलचित्र कमेडी जनराको भएको निर्देशक पुरनले जानकारी दिए । निर्देशक पुरन आफूले हालै नेपालमा पहिलोपटक रेड इपिक डब्लू हेलियम एट के क्यामेरा भित्राएको र सोही क्यामेराले फिल्म खिचिने जानकारी दिएका छन् । उच्च प्रविधियुक्त चलचित्र निर्माणका लागि सो क्यामेरा ल्याएको उनले बताए ।

रामेश्वर कार्कीले खिच्ने फिल्ममा एनबी महर्जनको द्वन्द्व निर्देशन र विकास चौधरीको संगीत छ । चलचित्रमा अर्पण थापा, ऋचा शर्मा, ओमप्रतिक गुरुङ, धर्मेन्द्र आचार्यसँगै निर्देशक पुरन आफै प्रमुख भूमिकामा छन् ।

- समाचार आजको हिमालय टाइम्समा पनि प्रकाशित छ ।