‘शत्रु गते’ टीम पर्सामा

...

<pre style="text-align: justify; "><b>कार्तिक, वीरगंज । </b></pre><p style="text-align: justify; ">नेपाली चलचित्र तथा टेलिचलचित्रका चर्चित कलाकार तथा निर्माताहरुले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्र ‘शत्रु गते’ को युनिट यतिखेर पर्सा पुगेको छ ।&nbsp; &nbsp;पर्साको उत्तरी भेग बागवन्नामा यतिखेर चलचित्रका हाँस्य कलाकारहरु छायाकंनमा ब्यस्त छन् ।&nbsp;&nbsp;<br></p><p style="text-align: justify; ">मह सञ्चारको प्रस्तुति तथा हाँस्य कलाकार किरण केसी निर्मित चलचित्रका लागि युनिट डेढ सातादेखि विरगंजको पर्सामा ब्यस्त रहेको हो । निर्देशक प्रदीप भट्टराईले फरक सेटिङमा छायांकनको अनुभव बटुल्न पाउँदा निकै रोचक लागेको बताए । ‘शत्रु गतेको कथा फिल्मका चरित्रहरुसँग त्यसै अनुरुप घुम्छ । पात्रहरुले कसरी खराब अवस्थाको सामना गर्दै अगाडी बढ्छन् त्यही मुख्य विषय हो ।’ निर्देशक प्रदिप भट्टराई महासंचारको टेलिश्रृङ्खला एवं फिल्ममा निर्देशकको रुपमा काम गर्दै आएका छन् ।चलचित्रलाई रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौड्यालले संयुक्त लगानीमा निर्माण गरेका हुन ्। हरिवंश आचार्यको कथा रहने फिल्ममा दीपकराज गिरी र प्रदिप भट्टराईले पटकथा लेखेका हुन्। संवाद लेखनमा पनि प्रदिप भट्टराईले हरिवंश आचार्यलाई सहयोग गरेका छन ्। चलचित्र युनिटले आउँदो चैत ९ गते चलचित्र प्रदर्शन गर्ने तयारी गरेको ।&nbsp;&nbsp;</p><p style="text-align: justify; "><font color="#9c9c94"><i>- समाचार हिमालय टाइम्समा प्रकाशित छ ।&nbsp;</i></font></p>