खलनायकमै रमाइरहेको छुः उमेश खड्का

गोपिकृष्ण चापागाईं/ कार्तिक, काठमाडौं ।

नेपाली चलचित्रक्षेत्रमा दर्शकको नजरबाट हेर्ने हो भने नायक र खलनायक (भिलेन) मा नायक नै हाबि भएका हुन्छन् । नायकलाई सकारात्मक र खलनायकलाई नकारात्मक भूमिकामा उभ्याइने भएकाले पनि आम दर्शकले खलनायक भन्दा नायकलाई नै मनमा राख्छन् । तर चलचित्रमा नायक र खलनायक दुबैको महत्वपुर्ण भूमिका रहन्छ । यस्तैमा बिगत १५ बर्ष देखी निरन्तर चलचित्रक्षेत्रमा खलनायकको रुपमा देखिदै आएका पात्र हुन् उमेश खड्का । बि.स. २०५६ सालमा चलचित्र ‘माया नमार’ बाट चलचित्रको यात्रा शुरु गरेका उमेशले अहिलेसम्म ६० चलचित्रमा काम गरिसकेका छन् । आफ्नो शारिरीक बनावट र हेर्दा झट्ट खलनायकमै फिट हुने अनुहार भएकोले पनि चलचित्रका निर्माता तथा निर्देशकहरुले खलनायकमै आफुलाई चलचित्रमा उभ्याउने बताउँछन् । उनले ‘माया नमार’, ‘कहाँ भेटिएला’, ‘गंगाजल’, ‘पवज’ ‘तृण्णा’, ‘वोश’, ‘लावारिस’, ‘जीवनदाता’, ‘आवारा’ जस्ता थुप्रै चलचित्रमा खलनायककै भूमिकामा काम गरिसकेका छन् । यसैबिच उनै उमेश खड्काले हिमालय टाइम्सका केहि प्रश्नहरुमा आफ्ना जीवन भोगाईका उत्तर यसरी दिन्छन् ।

डेढ दशकदेखीको चलचित्रयात्रामा अभिनयकै तर्फबाट सम्मान तथा अवार्ड पाउँदाको क्षणहरुलाई कत्तिको सम्झनुहुन्छ ?

यो कलाकारीताबाट पाउने भनेकै दर्शकको माया हो । सबैभन्दा ठुलोकुरा नाम पाएका हुन्छौं । दर्शकको मायाले पाउने नामले नै हामी कलाकारहरु यो क्षेत्रमा टिकिरहेका हुन्छौं । आफ्नो कामलाई मुल्यांकन गरेर पाउने सम्मानहरु जीवनकै सबैभन्दा ठुलो कुरा पाएको जस्तो लाग्छ । काम गरेर पाउने पारिश्रमिक त कहाँ पुग्छ–पुग्छ तर सम्मान भनेको जीवनभरी नै यादकार भइरहन्छ । त्यसैले मैले पाएका सम्मानहरुलाई कहिल्यै भुल्न सक्दिन  ।

जीवनमा पाएका केहि यादकार अवार्डहरुको नाम लिनु पर्दा कुनकुन अगाडि आउँछन् ?

सम्मान सानो होस् या ठुलो सबै महत्वपुर्ण हुन्छन् । भब्य कार्यक्रम गरेर दिइने सम्मानलाई मात्र ठुलो भन्न मिल्दैन । यादकार त धेरै छन् तर चलचित्रमा जुन भूमिका निभाउँछु त्यहि भूमिका उत्कृष्ट भयो भनेर दिइने अवार्ड कहिल्यै भुल्न सकिदो रहेनछ । सन् २००९ मा छायाँछवि क्रियशनबाट प्रदान हुने डि.सिने अवार्ड र २०१० मा राष्ट्रिय बक्स अफिस फिल्म अवार्डबाट उत्कृष्ट खलनायकामा पाएको अवार्ड चाँही एकदम यादकार रह्यो ।

खलनायक भन्ने बित्तिकै गाउँघर तिरका दर्शकहरुले त्यतिधेरै मन पराउनु हुन्न नि, दर्शकसँगै भलाकुसारी गर्ने मौका पाउनुभएको छ ?

गाउँघर तिर कलाकारहरुलाई प्रत्यक्ष देख्न पाउने मौका जुर्दैछ । सधैं टिभी अथवा फिल्म हलहरुमा मात्र हेरेको भर हुन्छ । त्यसैले पनि उहाँहरुले वास्तिविक जीवनमा पनि यो मान्छे यस्तै छ होला भन्ने सोच्नु हुन्छ । उहाँहरुको नजरमा खलनायक नराम्रो मान्छे भन्ने छाप परेको हुन्छ र यदि सामुन्ने नै भेट्ने मौका पाउनुभयो भने किन यस्तो गरेको भन्ने प्रकारको गालि पनि गर्नुहुन्छ । अलि पहिला–पहिलाको समयमा केहि ठाउँमा यस्तै दर्शकहरुसँग परेको छु तर पछिल्लो समय दर्शकहरुले पनि धेरै बुझ्न थाल्नु भएको छ । यो चलचित्रमात्र हो वास्तिविक जीवन यस्तो हुँदैन भन्ने लगभग सबैलाई थाहा भइसकेको छ ।

यतिका धेरै चलचित्रमा एउटै पात्रको मात्र अभिनय गर्दा कहिले काँही सकारात्मक भूमिकामा पनि आउँ भन्ने लाग्छ कि नाँई ?

शुरुवातमा कुन भूमिकाबाट चलचित्रमा छिरेको छ त्यो भूमिकालाई दर्शकले मन पराइदिनुभयो भने त्यो भूमिकाबाट बाहिर निस्किन गाह्रो पर्दो रहेछ । अर्कै भूमिका गर्दा आफुलाई फिट नहुने पनि हुनसक्छ । फेरि आफुले मात्र भनेर नि हुँदैन चलचत्रि निर्माता तथा निर्देशकहरुले लेख्नु भएको स्क्रिष्टमा आँफु छिर्ने हो त्यसैले पनि मलाई अहिलेसम्म निर्देशकहरुले यस्तै भूमिका दिनुभएकोले पनि यसैलाई निरन्तरता दिएको हुँ । मैले सकारात्मक भूमिका गर्दै नगरेको भने होइन । केहि चलचित्रमा सकारात्मक भूमिका निभाएको छु तर सकारात्मक भन्दा पनि नकारात्मक भूमिकामै चलचित्रमा आफुलाई फिट देखिने भएकोले पनि निर्देशकको रोजाईमा परेको हुन्छु त्यसैले पनि म खलनायकमै रमाइरहेको छु । अहिलेको आफ्नो मनको कुरा गर्दा अब केहि चलचित्रमा राम्रो (सकारात्मक) भूमिकामा आउन मन लागेको छ । हेरौं समयले कत्तिको साथ दिन्छ ।

अहिले आउनेक्रममा रहेका तपाईका चलचित्र कुन–कुन छन् ?

पछिल्लो समय चलचित्र ‘आवारा’ ‘लुटेरा’ प्रदर्शन भइसकेका छन् अब आउनेक्रममा  ‘एकलब्य’ र ‘कसुर’ छन् जुन केहि समयमै आउदैछन् । साथै अन्य केहि चलचित्रमा पनि कुरा भइरहेको छ एग्रिमेन्ट नै नभएको भएर निश्चित नभएको मात्र हो ।

यसरी चलचित्रमा अभिनय गरेकै भरमा नेपालमा जीवन धान्न सहज छ ?

पछिल्लो समय नेपाली चलचित्र पनि धेरै नै फराकिलो बन्दै गएको छ । पहिला–पहिलाका चलचित्रमा पारिश्रमिक कम हुन्थ्यो होला तर त्यो समयमा अहिलेको जस्तो महंगी पनि थिएन त्यसैले सहज नै थियो । अहिलेको कुरा गर्दा काम गरेअनुसार पारिश्रमिक राम्रो हुन्छ । आफुलाई चित्त बुझ्दो हुन्छ त्यसैले पनि अहिलेको समयमा नेपालमा पनि चलचित्रमा अभिनय गरेकी भरमा जीवन धान्न मज्जाले सकिन्छ ।

तपाईलाई निर्देशक तथा निर्माताहरुले एकपछि अर्को चलचित्रमा रोज्नुको कारण के छ ?

जो कसैलाई पनि चलचित्रमा यदि एक पटक भन्दा बढीपटक एउटै निर्माता तथा निर्देशकले लिनु हुन्छ भने त्यो उसको काम राम्रो भएरै हो । नत्र भने कसैले पनि आफ्नो चलचित्रमा काम गर्न सक्नेलाई राख्न चाहादैन । मेरो बिचारमा मलाई चलचित्रमा एकपछि अर्कोमा रोज्नुको कारण म कुनैपनि चलचित्रमा काम गर्ने भनेपछि लगनशील हुन्छु । इमानदारिता पुर्वक काम निभाउँछु । समयको महत्व बुझ्छु र काममान ध्यान दिएर अगाडि बढ्छु । यस्तै यस्तै कुराले हो जस्तो लाग्छ ।

- यो सामाग्री हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ ।