निर्वाचन शिक्षाको लागि देशव्यापी सडक नाटक

कार्तिक, काठमाडौं ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सन्दर्भमा शिक्षाको लागि देशव्यापी सडक नाटक हुने भएको छ । आगामी निर्वाचनको तिथि गणना सुरु भईसकेको बेला  मतदाता शिक्षा कार्यक्रम अन्तर्गत सडक नाटक सञ्चलन गर्न लागिएको हो । सो सडक नाटकको काठमाडौंमा दुई दिने कार्यशाला बिहिबार सम्पन्न भएको छ ।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयोजकत्वमा २२ र २३ कात्तिकमा निर्वाचन शिक्षा सम्बन्धि सडक नाटक ‘महादान’को कार्यशाला नाचघरमै आयोजना गरिएको हो । कार्यशालामा सहभागी मुलुकका विभिन्न ३८ नाटक टोलीका निर्देेशकलाई गुरुकुल थिएटरका निर्देशक सुनिल पोखरेल र सांस्कृतिक संस्थानका नाटक प्रशिक्षक बीरेन्द्र हमालले सँयुक्त रुपमा नाट्य प्रशिक्षण दिए ।

निर्वाचन आयोग, मतदाता शिक्षा सूचना तथा तालिमा शाखाका मुख्य प्रशिक्षक हेमराज अर्याल र ममता श्रेष्ठले बिहिबार नाट्यकर्मीहरुलाई संयुक्त प्रशिक्षण दिए । यी दुई मुख्य प्रशिक्षकद्धयले महादान नाटकको विषयबस्तु र प्रस्तुतिसँगै मतदाता शिक्षाको जानकारी गराएका थिए । मुख्य प्रशिक्षक अर्यालकै सल्लाहमा नाटक महादान तयार गरिएको हो ।

मुलुकका ७७ जिल्लामै स्थानीय ३५ र सांस्कृतिक संस्थानको ३ गरी ३८ नाट्य टोलीलाई परिचालन गरिएको छ । ती ३५ वटै नाट्य समुहका निर्देशक तथा मुख्य कलाकारले काठमाडौंमा आएर नाटक महादान मञ्चन बारे दुईदिने प्रशिक्षण पनि लिएका थिए । मुगु लगायत विभिन्न दुर्गम क्षेत्रबाट समेत नाट्य टोली प्रशिक्षणमा सहभागी भएकाले यी दुर्गम जिल्लाका स्थानीय तहमा पनि नाटक महादान मञ्चन हुने पनि बताइएको छ ।

आगामी १० मँसिरमा हुने पहिलो चरणको निर्वाचन क्षेत्र अन्तर्गत ३२ जिल्लामा २८ कात्तिकबाट ७ मंसिरसम्म सडक नाटक मञ्चन गरिने छ । ७ देखि १० जना कलाकार सम्मिलित एउटा टोलीले हिमाली तथा पहाडी जिल्लामा दैनिक तीन स्थान र तराईको जिल्लामा दैनिक पाँच स्थानमा नाटक मञ्चन गर्ने छन् । २८ कात्तिकबाट १८ मंसिरसम्म मुलुकका ७ सय ५३ ओटै स्थानीय तहमा निर्वाचन शिक्षा सम्बन्धि सडक नाटक गरिने छ । जस अन्तर्गत दोस्रो चरणको निर्वाचन हुने बाँकी ४५ जिल्लामा ५ मँसिरबाट १८ मंसिरसम्म नाटक महादान मञ्चन गरिने छ ।

यो नाटक पहाडी तथा हिमाली जिल्लामा नेपाली सहित राई, तामाङ, गुरुङ भाषामा, सुदुर पश्चिममा स्थानीय भाषामा र तराईमा मैथली, भोजपुरी, अबधि र थारु भाषामा मञ्चन गरिने छ । सडक नाटक अभियान संयोजना संस्था गुरुकुलका नाटक निर्देशक एवं सडक नाटक महादानका प्रशिक्षक सुनिल पोखरेलका अनुसार मुलुकका ३८ ओटै टोलीले प्रशिक्षण लिएर कार्यशालामा आ आफ्नो शैलीमा नाटक मञ्चन समेत गरेका छन्  ।

- समाचार हिमालय टाइम्समा प्रकाशित छ ।