एकल बाल नाटकमा लक्ष्मण प्रथम

कार्तिक, काठमाडौं ।

बालबालिकाहरुलाई किताबको ज्ञानले मात्र पुग्दैन उनीहरुको सिप र पढाई माझिएर प्रयोगमा आउनुपर्छ  भन्दै आयोजना भएको राष्ट्रिय एकल बाल नाटक महोत्सव सम्पन्न भएको छ । यस होत्सवमा ब्राईट फ्युचर उ.मा.विका लक्ष्मण ईशर ‘काग र कमिला’ नाटकबाट प्रथम भएका छन् । काठमान्डौ प्रज्ञा कुञ्ज स्कुलले आयोजना गरेको यो महोत्सव कलाको एउटा पाटो अभिनय कला मार्फत बालबालिकाहरुमा भएको प्रतिभा प्रस्फुटन गर्नु मुख्य उद्देश्य हो । हरिहर शर्माको प्रमुख आथित्यमा कार्यक्रम समापन भएको हो ।

महोत्सवमा क्यानभास स्कुलबाट युविका खड्का ‘सि. नं ०३१३६०५’ बाट दोस्रो स्थानमा आउन सफल भइन् भने ललितपुरको सुदेशा स्कुलका रोहन तामाङ ‘तातो’ नाटकबाट तेस्रो भए । साथै पोखराको सैनिक आवाशिय महाविद्यालयका दिलिप पौडेल ‘बैदेशीक रोजगार’ नाटकबाट चौथो र पायोनियर स्कुलकी सुशिला बुढाथोकी ‘व्हेर ईज योर होमवर्क’ नाटकबाट सान्तवनामा आउन सफल भइन् ।

स्कुल प्रांगणबाट धिमे बाजा सहितको सबै सहभागी विद्यालयका विद्यार्थीहरु, शिक्षकहरु, अभिभावकहरु, प्रज्ञा कुञ्जका विद्यार्थी सहितको ¥याली शिल्पी थिएटर पुगेको थियो । प्रञा कुञ्जका पाँच जना विद्यार्थीहरुद्धारा कुमारी नाँच प्रस्तुत गरेपछि कार्यक्रम औपचरिक रुपमा सुरु भएको थियो । कार्यक्रमको औपचारिक उद्घाटनको क्रममा रंगमञ्च, अभिनय र चलचित्र विषयमा एक घन्टा अन्तरक्रिया पनि गरिएको थियो । अन्तरक्रियामा हरिहर शर्मा, देशभक्त खनाल, दिपेन्द्र के खनाल, मनोज पन्डित, दिपर्सन जंग राणाको सहभागी थियो । पहिलो दिन अक्षरा स्कुल, एम्बिसन एकेडेमी, ब्राईट फ्युचर उ.मा.वि, काठमान्डौ युनिभर्सिटी हाई स्कुलले नाटक देखाएका थिए भने दोस्रो र तेस्रो दिन अन्य स्कुलहरुले नाटक देखाएका थिए ।

महोत्सवमा मञ्चन भएका सबै नाटकको निर्णायकको रुपमा हरिहर शर्मा र देशभक्त खनाललाई मुल्यांकनको जिम्मा दिइएको थियो । दोश्रो दिन १२ वटा स्कुलका १६ जना विद्यार्थीहरुले नाटक देखाएका थिए । तेश्रो दिन दश वटा विद्यालयका बालकलाकारहरुले नाटक देखाएका थिए ।

- समाचार हिमालय टाइम्समा प्रकाशित छ ।