मंसिर , काठमाडौं ।

पछिल्लो समय हाँस्य कलाकारिता संगै समाजसेवामा पनि अग्रणी रुपमा देखिएका जोडी धुर्मुस सुन्तली अर्थात सिताराम कट्टेल कुन्जना घिमिरे यतिवेला ‘एकीकृत सन्तपुर नमुना बस्ती’ निर्माणका लागि लागिपरेका छन्। यसैकार्यका लागि उनीहरु यतिवेला साउदी अरबमा छन् । यस्तैमा उनीहरुको अरेबियन लुक्सले चर्चा पाएको छ।

धुर्मुस(सुन्तली फाउन्डेसनबाट निर्मित उक्त ‘एकीकृत सन्तपुर नमुना बस्ती’को लागि अझै केही रकम अभाव भैरहेको बेला उनिहरु साउदी पुगेका हुन् । पारिवारिक समाज नेपाल साउदी अरब र सिटि एक्स्प्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा साउदी अरबको रियाद सहरमा हुने कार्यक्रमको लागि पुगेका थिए । विशेषगरि एकीकृत सन्तपुर नमुना बस्ती निर्माणको लागि आर्थिक सहयोग संकलनकै सिलसिलामा ‘धुर्मुस(सुन्तली साझ’ कार्यक्रमको तय गरिएको हो ।

साउदि पुगेका उनीहरुले मुस्लिम समुदायले लगाउने पहिरन लगाएर फेसबुकमा तस्बिर सार्बजनिक गरेका छन् । तस्बिर संगै सितारामले ‘साउदी अरबका शेख महम्मद धुर्मुसुल्लाह बिन खुर्मुसुल्लाह, धर्मपत्नी बुर्कावाली सुन्तुसुल्लाह संग’ भनेर आफुहरुको नाम पनि परिवर्तन गरेर लेखेका छन् ।