महादान हेर्नेको गाउँ–गाउँमा भिड

मंसिर, काठमाडौं ।

प्रतिनिधि सभा र प्रदेश सभाको आगामी १० मँसिरमा हुने ३२ जिल्लामा पहिलो चरणको निर्वाचन शिक्षाको लागि गाउँ गाउँमा सडक नाटक ‘महादान’को मञ्चन निरन्तर भईरहेको छ । यसका लागि यतीबेला करिब चारसय स्थानीय कलाकारहरु यही सडक नाटकबाट मतदान शिक्षा दिन व्यस्त छन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सन्दर्भमा निर्वाचन अयोगद्धारा सञ्चालन गरिने मतदाता शिक्षा कार्यक्रम अन्तर्गत सडक नाटक महादान सञ्चलनमा ल्याइएको हो । नाटकका लागि बिभिन्न टोली तीन दिनको कार्यशाला सकेर देशको बिभिन्न ठाउँमा पुगिसकेका छन् ।

यसै बिच देशको बिभिन्न भागमा क्रियासिल नाटक टोलीले आइतबार पनि नाटक महादान मार्फत सर्वसाधारणमा मतदान शिक्षा दिए । जस अन्तर्गत सारदा कुमार नाटय संस्थाले आइतबार रोल्पाको सुकिदहल सुकार ओढार, त्रिबेणी गाउँपालिकाको जुँगार, रुन्टीगढी गाउँपालिकाको होलेरी बजार र माढी नगरपालिकाको घर्ती गाउँमा नाटक महादान देखाएको निर्देशक नरेन्द्र कुमारले बताए । नाटक बालकदेखि बृद्धसम्मले चासो लिएर हेरेको उनको भनाई रहेको छ ।

यस्तै नाचघरको आकाश थापा नेतृत्व रहेको दोलखा टोलीले पनि आइतबार गौरिशंकर गाउँपालीकाको गुरुङथि बजारमा नाटक मञ्चन गर्यो । यो टोलीले एक स्थानमा मात्र नाटक देखाउँन सफल हुँदा लमजुङको हिमाली रंगमञ्चले भने मस्याङ्दी गाउँपालीकाको खुदीबजार काला सेतार गाउँपालीकाको घलेगाउँ गरि दुई स्थानमा महादान प्रदर्शन गर्न सफल भयो । अघिल्लो दिनको तुलनामा आइतबार आफ्नो नाटक हेर्र्नेको संख्या अधिक भएको टोलीका प्रमुख हरि अधिकारीले जानकारी दिए ।

आरोहण गुरुकुल समुहले पनि आइतबार संखुवासभाको मुडे सनिस्चरे, चैनपुरको त्रिचोक, खादबारीको टुडिखेल र चिचिला गाउँपालीकाको चिचिला बजारमा नाटक महादान देखाउन सफल भयो । आरोहणका दीपेश भन्डारीका अनुसार नाटक देखाएको यि स्थानमा १ सयदेखि ५ सयसम्मका स्थानियले नाटक चासो पुर्वक हेरे ।

आरोहण गुरुकुलसँगको सहकार्यसँगै सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयोजन रहेको मतदाता शिक्षा नाटक प्रदर्शनमा दामोदर खतिवडा निर्देशक रहेको सप्तक कलाप्रतिष्ठानले भने आइतबार मकालुगाउँपालीकाको तुम गाउँमा मात्र नाटक महादान प्रदर्शन गर्न सफल रह्यो । बाटोको बिकटता र स्थानिय निकायका जनप्रतिनिधीसँग भेटघाटको समस्यले आफु एक ठाँउमा मात्र नाटक प्रदर्शन गर्न सफल भएको दामोदरले सुनाए ।

आरङ्ग नेपाल सुर्खेतले पनि कालिकोट र जुम्लाका बिभिन्न गाउँहरुमा नाटक महादान मञ्चन गरेको छ । निर्देशक गणेश गौतमका अनुसार कालिकोटको हुम्ला बजार, प्रतिमा चोक, जिरो पोइन्ट, तादी बजार, मोलफा, जुबिथा र जुम्लाको चन्दननाथ, उर्थु, गुथीचौर, तातोपानी र लिला बजार लगायतका स्थानमा नाटक मञ्चन भए । ‘नाटक प्रदर्शन पछि स्थानियले मनोरन्जनात्मक तरिकाले मतदान शिक्षा दिएकोमा नाटक टोलीलाई धन्यवाद समेत दिए ।’ गणेशले भने ‘ केही स्थानियले यस अगाडीको निर्वाचनमा मतदान बिगारेको जानकारी गराउँदै नाटकले आफ्नो आखा खुलेकोले अबको मतदान नबिग्रने बताए ।’  उनले थपे ‘नाटक प्रदर्शनबाट युवापुस्ता देखि बृद्धसमेत खुसी देखिए ।’

नाचघरको रामेछाप टोलीका प्रमुख रमेश केसी मट्टारेले आइतबार उमाकुण्ड गाउँपालीकाको प्रितिगाउँ नाटक प्रदर्शन गर्न सफल रहेको बताए । प्रितिगाउँ बिकट ठाँउमा रहेको बताउँदै उनले एक स्थानमा मात्रै आफ्नो टोलीले नाटक महादान मञ्चन गर्न सफल भएको जानकारी दिए । केसीका अनुसार यो स्थानमा २५० बृद्ध र ३०० बिद्यार्थीले नाटकको लाभ लिएको थिए ।