भुकम्पको कथा दर्शाइएको ‘माई लभ’को ‘सानु माया’ सार्वजनिक (भिडियो)

मंसिर, काठमाडौं।

२०७२ साल वैशाख १२ गते गएको  भूकम्पको कथामा आधारित चलचित्र  ‘माई लभ’को गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘सानु माया’ बोलको गीतमा  रामचन्द्र काफ्ले र मीना सिंहको स्वर तथा दीप तुलाधरको संगीत तथा रमेश कोईरालाका शब्द  रहेको छ। गीतको भिडियोमा गणेश लामा र शितल श्रेष्ठको नृत्य रहेको छ ।

जापानी निर्देशक डा. तोसिआकी इतोहको निर्देशनमा बनेको चलचित्रमा गणेश लामा, नव(कलाकार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ । यस्तै, नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेत अभिनय रहेको छ।

चलचित्रमामा धरहरा ढल्दै गरेको दृश्यलाई पनि जीवन्त रुपमा देखाइएको छ ।साथै भुकम्प पछिको सुरक्षाकर्मी र उद्दारकर्मीहरुले खेलेको प्रशंसनीय भूमिकालाई दर्शाइएको छ।

क्रियसन नेपालको ब्यानरमा गणेश लामाको निर्माण मा बनेको माइ लभमा दिनेश सुनामको संगीत, गौरीशंकर धुजुको छायांकन निर्देशन, नारायण जिसीको छायांकन र तारा थापा ुकिम्भेुको सम्पादन रहेको छ ।