सडक नाटक ‘महादान’ मञ्चन

मंसिर, काठमाडौं।

मंसिर १० बाट भइरहेको पहिलो चरणको निर्वाचनका लागी ३२ जिल्लामा खटिएका २० नाटक टोलीले सडक नाटक ‘महादान’ प्रदर्शन सम्पन्न गरेका छन् । लगत्तै आगामि २१ मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागी मतदाता शिक्षा प्रस्तुत गर्न थप २२ टोली नाटककर्मिहरु शनिबार ९ मंसिरबाट सम्बन्धित क्षेत्रमा पुगेका छन् । जसमध्ये केहि टोलीले ९ मंसिरबाटै नाटक मञ्चन शुरु गरेका छन् भने केहि टोलीले १० र ११ गतेबाट सडक नाटक ‘महादान’ मञ्चन गर्दैछन् ।

निर्वाचन शिक्षाका लागी निर्वाचन आयोजद्धारा आयोजीत सडक नाटक ‘महादान’ फरक समूहले स्थानिय भाषामा मञ्चन गर्दैछ । सांँस्कृतिक संस्थानको संयोजन र आरोहण गुरुकुलको सहकार्यमा प्रस्तुत हुँदै आएको यो नाटक मार्फत कलाकारहरुले सम्बन्धित क्षेत्रमा निर्वाचनमा कसरी सहभागी भएर सहि रुपमा मतदान गर्ने भन्ने शिक्षा प्रदान गरिरहेका छन् ।

यसैक्रममा प्रदेश २ को सर्लाहीमा चक्रघट्टा गाउँपालीकाको चक्रघट्टा बजार, कौडेना गाउँपालीकाको कौडेना बजार, बिष्णु गाउँपालीकाको बिष्णु बजार, गोडौता नगरपालीकाको गोडौता र धनकौल गाउँपालीकाको धनकौल बजारमा नाटक ‘महादान’ प्रदर्शन गरियो । आरोहण गुरुकुल नाटकका निर्देशक दिपेश भण्डारीले तराईको ठाउँ भएपनि बाटोको समस्याले नाटक प्रदर्शनमा गाह्रो भएको बताए ।

यस्तै प्रदेश २ कै रौतहटस्थित गौर नगरपालीकाको बिपी चोक, राजदेवी नगरपालीकाको राजदेवी चोक, यमुना नगरपालीकाको सरौथा गाउँ र दुर्गा भगवती गाउँपालीकाको भन्सारी पिप्रा बजार गरी जम्मा चारठाउँमा नाटक ‘महादान मञ्चन भयो । साथै यसै श्रृंखला नाट्य समूहले प्रदेश ३ को मकवानपुरमा पनि नाटक मञ्चन ग¥यो । जस अन्तर्गत बाग्मती गाउँपालीकाको फापरबारी, बकैया गाउँपालीकाको थतिउन र गडी गाउँपालीकाको पिखरकटेरीमा नाटक ‘महादान’ प्रदर्शन गरिएको नाटक टोलीका निर्देशक आशाकाजी श्रेष्ठले जानकारी गराए ।

यस्तै प्रदेश ५ को सल्यानस्थित आरंग नाट्य समूहले कपुरकोट गाउँपालीकाको कपुरकोट, क्षत्रेश्वरी गाउँपालीकाको लाङ्ती, त्रिवेणी गाउँपालीकाको लोहान र झोरचौर गाउँपालीकाको झोरचौर बजारमा नाटक प्रदर्शन ग¥यो । सबैठाउँमा दर्शकको राम्रो उपस्थिती रहेको नाटकका निर्देशक गणेश गौतमले जानकारी दिए ।

यस्तैक्रममा प्रदेश ६ को बाँकेस्थित बैजनाथ गाउँपालीकाको सम्झना चोक, खजुरा गाउँपालीकाको सिमलघारी र जानकी गाउँपालीकाको बिजरा बजारमा नाटक प्रदर्शन गरिएको एम.आर. थिएटरका निर्देशक बीरेन्द्र हमालले जानकारी गराए ।