मंसिर,काठमाडौं ।

नेपाली सांगीतिक आकासका चर्चित गायक हिमाल सागरको ‘माया त दुई तर्फिनै’ बोलको गीत सार्बजनिक भएको छ । धौलागिरी क्यासेट सेन्टरले बजारमा ल्याएको उक्त गीतमा हिमालकै शब्द संगीत रहेको छ ।

झण्डैं डेड दशक देखी निरन्तर संगीतमा सक्रिय हिमालको आठौं सोलो एल्बम ‘मेघा’मा उक्त गीत समाबेश छ । झण्डैं २ सय भन्दा बढी गीतमा आवाज दिइसकेका हिमालले आफुले गाउने प्राय गीतहरु आँफैं कम्पोज गर्ने गरेका छन् । सार्बजनिक यस गीतमा पनि उनको आफ्नै शब्द संगीत रहेको छ भने गोपाल रसाईलीले संगीत संयोजन गरेका छन् ।

केही दिन अघि मात्रैं सार्बजनिक गरिएको गीतलाई सबैले रुचाएका छन् । झण्डैं २ बर्ष पहिले पोखरामा एक कार्यक्रम गर्न जाँदा हिमालले यो गीत कल्पना गरेका थिए । उनको दिमागमा एउटा राम्रो शब्द फुर्यो र मेलोडि पनि । उनले त्यतिनै बेला यो गीत आफ्नो मोवाईलमा रेकर्ड गरेका थिए । गीतका बारेमा बोल्दै उनले भने ‘ दुई बर्ष पहिले फुरेको यो गीत धेरै मिहिनत गरेर अहिले गाएँ, सबैले गीत रुचाउनु भएको छ, अब दर्शकलाई कस्तो लाग्छ त्यसको प्रतिक्षामा छु ।’

सार्बजनिक गीतको भिडियोमा समेत हिमाल आफैं देखिएका छन् । हिमाललाई भिडियोमा अन्जु चौलागाँईले साथ दिएकी छिन् । बिकल्प दाहालले खिचेको भिडियोलाई बियोण्डले सम्पादन गरेका हुन् भने नितिन चन्दले निर्देशन गरेका हुन् ।

Video: