‘बृन्दावन’मा शिल्पा र अनुप शसस्त्र

मंसिर, काठमाडौं ।

चलचित्र ‘बृन्दावन’ की नायिका शिल्पा पोख्रेल शसस्त्रको भूमिकामा रहेको खुलेको छ । चलचित्रका नायिका शिल्पा सँगै नायक अनुप बिक्रम शाही एकसाथ काम गरेका हुन् । अनुप पनि शसस्त्रकै भूमिकामा देखिएका छन् । राज बहादुर साने निर्देशीत ‘बिराङ्गना’मा अनुप राम थापा बनेका छन् भने शिल्पा चाँही दुर्गा क्षेत्री बनेकी छिन् । चलचित्रको एक गीतको छायांकनको क्रममा चलचित्रका तस्बिर सार्वजनिक गरिएको हो ।

दिपक शर्माको संगीत रहेको ‘तिमी पुलिस म नि पुलिस’ बोलको गीतका लागि नृत्य निर्देशक कविराज गहतराजले दुई सयभन्दा बढि शसस्त्र प्रहरी र सयभन्दा बढि डान्सरसहित तीनसय जना कोरस प्रयोग गरेका छन् । गीतको छायांकन शसस्त्र प्रहरी बल प्रधान कार्यालय, स्वयम्भुमा गरिएको हो ।

गीतको छायांकन सकिएसँगै चलचित्रको इन्डक्ल्याप भएको निर्देशक सानेले जानकारी दिए । फिल्ममा अनुप र शिल्पाको अलवा धिरेन शाक्य, पृथ्वीराज प्रसाई, प्रज्वल गिरि, प्रीया रिजाल, कृष्ण सिवाकोटी, देब तामाङ, अमृत सापकोटा, अंशु थापालगायतको प्रमुख भुमिका रहेको छ ।  बाबुराम दास श्रेष्ठ, श्याम बहादुर थापा र रघु परियार चलचित्रका निर्माता हुन् । सह निर्मातामा देब तामाङ र सुमि चाम्लिङ राई रहेका छन् । चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व र सञ्जय लामाको छायांकन रहेको छ ।