नारायण गोपालको सम्झनामा आज पोखरामा स्मृति साँझ हुदै

मंसिर १५, काठमाडौं ।

२०४७ साल मंसिर १९ गतेका दिन निधन भएका स्वरसम्राट नारायण गोपालको स्मृतिमा आज पोखरामा स्मृति साँझ हुने भएको छ।  पोखरामा कृयाशिल संगीत संघ सम्बन्धित बिभिन्न संघ संस्थाको आयोजनामा नारायण गोपाल स्मृति साँझ गरिन लागिएको छ। कार्यक्रममा गायक रामभक्त जोजिजु,बिनोद बानियाँ,रश्मी अमात्य लगायतका कलाकारहरुले नारायण गोपालका गीतहरु प्रस्तुत गर्नेछन ।

विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले एक सय ३६ भन्दा धेरै गीत गाएका छन ।नारायाण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीत गाएका छन ।

नारायण गोपाल संगीत कोषले प्रत्येक बर्ष स्मृति दिवसका दिन बिभिन्न कार्यक्रम पनि गर्दै आएको छ ।