अंग्रेजी नयाँबर्षबाट नेपाली ‘ह्याप्पी न्यू इयर’

...

<pre style="text-align: justify; "><b>मंसिर, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">नेपाली चलचित्र ‘ह्याप्पी न्यू इयर’ आउँदो अंग्रेजी नयाँबर्षबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन हुने तयारीमा छन् । युवापुस्ता लक्षित यो चलचित्रको पुर्ण छायांकन अस्ट्रेलियामा गरिएको हो । चलचित्र युनिट नेपाली मिति अनुसार पुस १४ गतेबाट चलचित्र प्रदर्शन गर्ने तयारीमा जुटेको छ, जुन अंग्रेजी मिति अनुसार २९ डिसेम्बरमा पर्छ । युनिटले नयाँबर्ष भन्दा दुईदिन अघिबाटै चलचित्र प्रदर्शन हुने बताएको छ ।&nbsp;</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/58ab7aacbdf54fa6b1fd14a15a42ce9a1512484567.jpg" style="width: 877px;"><br></p><p style="text-align: justify; ">कुशल थापा र सन्ध्या केसीको मुख्य भूमिका रहेको यो चलचित्र देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । आरके एम प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा राती थापाको लगानी छ। निर्मात्री थापाका अनुसार चलचित्रको कथाले मागे अनुरुप मेकिङमा सम्पुर्ण कुरा पुरा गरिएको छ । ‘हामीले दर्शक स्रोताको माग अनुरुपको चलचित्र बनाएका छौं । अब दर्शकको प्रतिक्रियाको पर्खाईमा छौं । आशा छ सबै दर्शक एकपटक हलसम्म पुगेर चलचित्र हेरेर प्रतिक्रिया दिनुहुनेछ ।’, निर्मात्री थापाले आर्टिष्ट खबरसँग कुरागर्दै भनिन् । चलचित्रमा बिनोद ढकाल, टंक बुढाथोकी र किरण माइकलको संगीत रहेको छ ।</p>