राष्ट्रकवि माधव घिमिरेलाई नारायणगोपाल स्मृति सम्मान

मंसिर, काठमाडौं ।

यस वर्ष नारायणगोपाल स्मृति सम्मान राष्ट्रकवि माधव घिमिरेसहित १२ जनालाई प्रदान गरिएको छ।

स्वर सम्राट नारायण गोपालको २७ औं स्मृति दिवसको अवसर पारेर मंगलबार राष्ट्रकवि घिमिरेसहित १२ जनालाई नारायणगोपाल स्मृति सम्मान प्रदान गरिएको हो।

राष्ट्रकवि घिमिरेसहित वरिष्ठ संगीतकार एवम् गायक सिके रसाइली, वरिष्ठ गीतकारहरू रत्नशमशेर थापा, कालीप्रसाद रिजाल, किरण खरेल, चेतन कार्कीलगायतका सम्मान गरिएको छ।

नारायण गोपाल संगीत कोषर्ले नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो। कार्यक्रममा बोल्दै राष्ट्रकवि घिमिरेले स्वरसम्राट नारायण गोपाललाई नेपालको गीतरसंगीतको क्षेत्रमा कुनै पनि उपमा आवश्यक नपर्ने बताए।

उनले नारायण गोपाल आफ्नै सुरतालमा रम्ने स्वाभिमानी व्यक्तित्व भएको पनि स्मरण गराए।