मंसिर, काठमाडौं ।

कलाकारहरुले पनि दोश्रो चरण अन्र्तगतको प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा भाग लिएका छन् । बिहिबार भएको मतदानमा नेपालमै रहेका अधिकांश कलाकारहरुले मतदान गर्दै आफ्नो दायित्व पुरा गरेको बताएका छन् ।

नायिका केकी अधिकारीले आफ्ना माता र पिताको साथमा गोकणेश्वर नगरपालिकामा रहेको मतदान स्थलमा पुगेर मतदान गरिन् । करिब ४५ मिनेट लाइनमै बसेर भोट हालेकी केकीले यसअघि उनी मतदान गर्न ढिलो जाने भएकाले लाइन बस्नु परेको थिएन । मतदान पश्चात यसपटक ब्यक्ति र पार्टी भन्दा माथि उठेर मतदान गरेको उने बताएकी थिइन् । स्थानिय निकायको चुनावमा मतदान गर्न केही अप्ठ्यारो भएतापनि यसपटक सजिलो भएको उनले बताइन् ।

त्यस्तै नायिका रेखा थापाले पनि काठमाण्डौको मित्रपार्कस्थित पशुपति क्याम्पसमा बिहान ११ बजे मतदान गरिन् । रेखाले स्थानिय निर्वाचनमा जस्तो उत्साह यो निर्वाचनमा नदेखेको बताइन् । यसपटक, विभिन्न कुराले मतदानमा असर गरेको उनको भनाई थियो । बम काण्ड, जनतामा नैराश्यता लगायतका कारणले पनि मतदाताको उत्साह कम भएको रेखाको भनाई थियो । तर, उनले ढुक्क भएर मतदान गर्न सबैसँग अपिल पनि गरिन् । ‘यो पल्ट हामीले छान्यौ भने मात्र अर्को पटक हाम्रो अभिभावक खारिएर आउनन्, जुन जोगी आएपनि कानै चिरेका भनेर नवसौ’, रेखाले भनिन् ।

त्यस्तै नायिका प्रियंका कार्कीले पनि काठमाण्डौ क्षेत्र नम्बर ४ बाट मतदान गरिन् । मतदान गर्दै प्रियंकाले मतदान गर्नु हरेक नेपालीको अधिकारको कुरा भएको बताइन् । मतदान नगरेपछि जनप्रतिनिधीसँग प्रश्न सोध्ने अधिकार पनि रहँदैन ।’ उनले आफ्नो पुर्खाले, बाबु–आमाले भोट हाल्दै आएका पार्टी र व्यक्तिलाई नै मतदान गर्नुपर्छ भन्ने नरहेको भन्दै आफ्नो मनले रोजेको पार्टीलाई भोट हाल्न अपिल पनि गरेकी छिन् ।

‘सधै मैले देशकै लागि सोचेर मतदान गरेँ । कहिल्यै ब्यक्ति भनेर गरिनं’, प्रियंकाले भनिन् । यसपटक सबै दल राष्ट्रिय पार्टी नहुने भन्दै उनले भोट हाल्ने क्रममा सुरुवातमा केही अप्ठ्यारो लागेपनि पछि बुबाको सहयोगमा सजिलो भएको सुनाइन् । बिहान पौने ८ बजे नै मतदान गरेकी प्रियंकाले यसपटक कुनै एक पार्टीको बुहमत आउनेमा आशावादी रहेको बताइन् । उनले एकपार्टीको बहुमत आए राम्रो हुने बताइन् ।

यति सुन्दर देशलाई अझै सुन्दर बनाउनका लागि सबैजना लाग्नुपर्ने आशा समेत प्रियंकाले व्यक्त गरेकी छिन् । उनले, आफूले मतदान गरेको पार्टी र व्यक्तिले निर्वाचन जित्नेमा ढुक्क रहेको समेत बताइन् । साथै हाँस्य कलाकार जीतु नेपालले पनि काठमाडौ २ बाट मतदान गरे । कोटेश्वरको नरेफाँटमा कोटदेबी स्कुलवाट मतदान गरेका जितुले निर्वाचनमा भाग लिन पाउदा खुसी लागेको बताए । त्यस्तै हाँस्य कलाकार हरिवंश आचार्य, बैंकर अनिल केशरी शाह, गायक प्रमोद खरेल, निर्देशक आसिफ शाह लगायतले पनि मतदान गरेका छन् ।

हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।