गोपिकृष्ण चापागाईं । मंसिर, काठमाडौं ।

बिहिबार देशका ४५ जिल्लामा एकसाथ प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन सम्पन्न भयो । बिगत एक महिना भन्दा लामो समयदेखी निर्वाचनमय बनेको देश अहिले मतगणना थाहा पाउन राजनीतिक दलका नेता, कार्यकर्ताहरु ब्यस्त छन् ।

यसैबिच कलाकारहरु पनि आफ्नो ठाउँबाट आफुलाई मनपर्ने उम्मेदवारहरुलाई मतदान गरेका छन् । केही कलाकारहरु त पार्टीको झन्डा नै समातेर बिगत केहि सातादेखी प्रचार प्रसारमा लागेका पनि थिए ।

यसैबिच बिहिबार भएको दोस्रो चरणको निर्वाचनमा धेरै कलाकारहरुले मतदान गरे तर कतिपय कलाकारहरुको भोटलिस्टमा नाम नै थिएन भने कतिले कार्यब्यस्तताका कारण भोट हाल्न सकेनन् । यसैबिच भोट नहालेका कलाकारहरु मध्ये केहिसँग कुराकानी गरेका छौं ।

अभिनेता राजेश हमाल

यतिखेर अभिनेता राजेश हमाल एक कार्यक्रमको शिलशिलामा भारतको सिमलामा छन् त्यसैले पनि उनले यसपटकको निर्वाचनमा भोट हाल्न पाएनन् ।राजेश यो पटक पनि काठमाडौ क्षेत्र नं ६ को लैनचौर स्थित बुथबाट भोट हाल्ने तयारीमा थिए तर दुई दिन अघिमात्रै कार्यक्रममा जानुपर्ने भएकोले उनले भोट हाल्न नपाएका हुन् । हमालले यसअघि यसैस्थानबाट भोट हाल्दै आएका थिए ।

हाँस्यकलाकार सीताराम कट्टेल

हाँस्य कलाकार तथा समाजसेवी सीताराम कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट भोट हाल्नु पथ्र्यो तर नमुना बस्ती निर्माणको शिल्शिलामा अहिले उनी रौतहटको सन्तपुरमा छन् । त्यसैले पनि उनले यसपटक भोट हाल्न पाएनन् ।

कलाकार कुन्जना घिमिरे

हाँस्य कलाकार कुञ्जना घिमिरेले पनि यो पटकको निर्वाचनमा भोट हालिनन् उनी पनि सिताराम कट्टेलसँगै भुकम्प पिडितहरुका लागी नमूना बस्ती निर्माणमा खटिएकाले भोट हाल्न नपाएकी हुन् ।

गायक रामजी खाँण

लोक दोहोरी क्षेत्रका गायक रामजी खाँणले पनि यो पटक भोट हालेनन् । स्याङ्जा क्षेत्र नं २ (ख) बाट यस अघि भोट हाल्दै आएका खाँणले यसपटक आफ्नो नाम मतदाता लिस्ट मै नाम नभएको बताए । फोटोसहितको मतदाता लिस्ट बनाउने क्रममा फोटो खिच्नेबेला कार्यक्रमको शिलशिलामा जिल्ला बाहिर भएकाले उनी भोट हाल्नबाट बञ्चित हुनुपरेको बताए । उनले सबैले भोट हाल्दै गर्दा आँफुले नपाउँदा दुख लागेको बताएका छन् ।

अभिनेत्री दीपाक्षी निरौला

अभिनेत्री दीपा श्री निरौलाको भोट लिस्टको नाम बिराटनगर क्षेत्र नम्बर २ मा थियो तर उनी चलचित्रको सुटिङको कामले काठमाडौंमै छिन् त्यसैले उनले पनि यसपटकको निर्वाचनमा भोट हाल्न पाइनन् ।

अभिनेता निखिल उप्रेती

अभिनेता निखिल उप्रेतीले पनि यसअघि सर्लाही प्रदेश नम्बर ३ बाट भोट हाल्दै आएका थिए तर अहिले उनी चलचित्रको कामले जिल्ला बाहिर छन् त्यसैले उनले पनि यसपटक भोट हालेनन् ।

अभिनेता प्रदीप खड्का

अभिनेता प्रदीप खड्का चलचित्र ‘लिलिबिली’को छायांकनका लागी यतिखबेला बेलायतमा छन् । नेपालमा भए काठमाडौंको बानेश्वरबाट भोट हाल्ने प्रदीपले यसपटक देश बाहिर रहेकै कारण भोट हाल्न पाएनन् ।

अभिनेत्री शिल्पा पोखरेल

नायिका शिल्पा पोखरेलको मोरङमा मतदाता लिस्टमा नाम थियो तर उनी यतिबेला कामको शिलशिलामा पोखरामा छिन् । त्यसै उनले पनि यसपटकको निर्वाचनमा भोट हालिनन् ।

गायिका मुना थापा मगर

लोक दोहोरी क्षेत्रकी गायिका मुना थापा मगरले पनि यसअघि गोरखा क्षेत्र नं १ बाट भोट हाल्दै आएकी थिइन् । तर उनको पनि अहिले मतदाता लिस्टमै नाम नभएकोले काठमाडौंमै बसेको बताइन् । मतदाताको नाम टिपाउनेक्रममा फोटो खिच्ने समयमा कार्यक्रमको शिलशिलामा जिल्ला बाहिर नभएकोले फोटो खिचाउन नपाएको बताएकी छिन् ।