
<pre style="text-align: justify; "><b>मंसिर, काठमाडौं । </b></pre><p style="text-align: justify; ">आउँदो फागुन २५ बाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हुर्रे’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘ठेकीमा दही’ बोलको गीतको भिडियोमा हाँस्य कलाकार राजाराम पौडेल र अभिनेत्री केकी अधिकारीको नृत्य देखिन्छ । यी दुईको कम्मर मर्काइमा चलचित्रका अर्को मुख्य कलाकार अंकित खड्कालाई फिचर गरिएको छ ।</p><p style="text-align: justify; ">सार्वजनिक गीतमा राजनराज शिवाकोटी र मिलन आमात्यको स्वर छ । राजेन्द्र थापाको शब्दमा राजनराजले संगीत भरेका छन् । राजन इशानको एरेञ्ज छ । विक्रम स्वाँरले नृत्य निर्देशन गरेका छन् । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको ‘हुर्रे’लाई चन्दन दत्तले सम्पादन गरेका छन् ।</p><p style="text-align: justify; ">अनुपबिक्रम शाही, संगीता नापित लगायत चलचित्रमा लिड अभिनेतामा छन् । कमेडी जनराको यो चलचत्रिलार्य यम थापाले लेखन तथा निर्देशन गरेका हुन् । </p><pre style="text-align: justify; "><b>video:</b>
<iframe frameborder="0" src="//www.youtube.com/embed/jBlLCZRgb-s" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>