१२ लाख सम्म पर्छ एउटै नेपाली आर्टलाई

गोपिकृष्ण चापागाईं/ मंसिर, काठमाडौं ।

नेपालमा आर्ट गर्नै ब्यक्तिहरुमा हातले गन्दा अग्रपंक्तिमै आउने नाम हो हरि प्रसाद शर्मा । आजभन्दा ६ दशक अघिदेखी नै आर्टमा काम गर्दै आएका शर्माले नेपाली परिवेशका सयौं आर्टहरु बिदेशमा पनि बिक्री गरिसकेका छन् । बिशेषतः बिदेशी पर्यटकहरुले उनका आर्ट खरिद गर्ने गर्छन् । नेपालको इतिहासलाई आर्टमा उतार्ने कला भएका उनले आफुले बनाएका आर्टहरु एउटैलाई १२ लाखसम्ममा बिक्री गरेका छन् ।

यसैबिच राजधानीको आर्ट काउन्सिलमा १ डिसेम्बरबाट १० डिसेम्बरसम्म (१० दिन) सम्म चलेको ‘नेचर अन¥यापिङ’ नाम दिइएको आर्ट प्रदर्शनमा पनि उनका आर्ट हेर्न पाइनेछ । जम्मा १२ कलाकारहरुको आर्ट प्रदर्शनमा उनको आर्टलाई बिशेष रुपमा राखिएको छ । शर्माका दुईवटा आर्ट जसमा नेपालको इतिहासलाई समेटिएको छ । उनले बि.स. २०५७ सालमा बनाएका दुईवटा आर्ट उक्त प्रदर्शनीको बिशेष आर्ट हो । ति दुई आर्टको मुल्य ८ लाख र १२ लाख छ । जुन आर्टलाई तस्बिर खिच्नसमेत अनुमति दिइएको छैन । आज अन्तिमदिनको प्रदर्शनीसम्म आइपुग्दा पाँच हजार भन्दा बढीले आर्ट प्रदर्शनीको अवलोकन गरिसकेको बताइएको छ ।

चित्रकार सुनिल बाबु कार्की ‘पुटु’ आफुँले बनाएका आर्टसँगै

यस आर्ट प्रदर्शनीमा शर्मा सहित आर्पिता शाक्य, बिजय कोइराला, बिजय महर्जन, निरज चित्रकार, पल्पसा मानन्धर, प्रबिन श्रेष्ठ, राजन पन्त, सरोज बज्राचार्य, सुनिल बाबु कार्की ‘पुटु’, यु.आर. रिमाल, न्गावाङ छिरिङ शेर्पा र एक बेल्जियम इजाबेली मालोट्क्स गरि जम्मा १२ जनाको ६८ वटा आर्ट प्रदर्शनमा राखिएको छ । एकजनाको बढीमा ८ वटा आर्ट राखिएको छ ।

बिशेषगरी मानव जीवनलाई गहिराईसम्म पुगेर आर्टमा प्रस्तुत गर्ने सुनिल बाबु कार्की ‘पुटु’ले बनाएका ८ वटा आर्टमा पनि मानव जीवनको गहिराई भेटिन्छ । बिगत १० बर्षदेखी यसैक्षेत्रमा लागेका पुटु पाँचबर्ष देखी ब्यवसायिक भएको बताउँछन् । उनले आफुले बनाएका आर्टलाई ४० हजार नेपाली रुपैंया सम्ममा बिक्री गर्छन् । ‘म मानव जीवनको गहिराईमा डुबेर आर्ट गर्न मन पराउँछु । यहाँ पनि त्यस्तै प्रकृतिका आर्ट भेट्नुहुन्छ ।’, पुटुले भने । यहि आर्ट गर्छु भनेर कसरी सोच्नु हुन्छ भन्ने हिमालय टाइम्सको प्रश्नमा उनी भन्छन्, ‘पहिला मैले तस्बिर खिच्ने गर्छु र त्यसैलाई आर्टमा ढाल्नेगर्छु ।’ उनले एउटै आर्ट बनाउन एक साता देखी डेढ महिनासम्म लाग्ने गरेको बताए ।

- आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।