बिद्यार्थीसँग ‘फिर्के’

मंसिर, काठमाडौं ।

नेपाली चलचित्रका मेकर पछिल्लो समय प्रचारप्रसारमा बिशेष ध्यान दिन थालेका छन् । बिशेषतः चलचित्र हेर्न युवा दर्शक हुने भएकाले पनि मेकरहरु युवापुस्तालाई नै फोकस गरी चलचित्र निर्माण गर्ने गर्दछन् । कथा लेखन शैलीबाटै दिमागमा युवालाई लिएर बनाउने गरेको पाइन्छ । यस्तै चलचित्र निर्माण भइसकेपछि पनि प्रसारशैली युवा केन्द्रित हुन्छ । केहिसमय अघि केहि चलचित्रहरु बिभिन्न कलेजमा गएर बिभिन्न कार्यक्रम गरेका उदाहरण छन् ।

यसैबिच यहि आउँदो पुस २१ गतेबाट देशब्यापी  प्रदर्शनमा आउन लागेको चलचित्र ‘फिर्के’ले पनि युवा केन्द्रित प्रचारशैली अपनाएको छ । राजधानीभित्र हुने गरेका विभिन्न कार्यक्रमहरुमा आफ्नो उपस्थिति जनाइरहेको ‘फिर्के’ टोलीले आइतवार विद्यार्थीलाई चलचित्रको विषयमा जानकारी गराएको छ ।

ठमेलमा आयोजित एक आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण कार्यक्रममा ‘फिर्के’का कलाकार तथा निर्माता सुलेमान शंकर ’ईकु’, निर्देशक रवि डंगोल र नव(नायिका क्रिष्टिना पौडेलले राजधानीका विभिन्न कलेजबाट आएका विद्यार्थीहरुलाई चलचित्रको टिसर्टसहित ‘फिर्के’को विषयमा जानकारी दिए ।

अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ । बिश्व नेपाली र सुवास भुषालको संगीत रहेको यस फिल्ममा दुई गीत रहेका छन् । चलचित्रमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।