गाह्रो परिस्थितीमा छु, केहि बोल्दिन: रीमा विश्वकर्मा

मंसिर, काठमाडौं ।

दुईदिन अघिदेखी बिभिन्न मिडिया तथा सामाजिक सञ्जाल नायिका रीमा विश्वकर्माको सम्बन्ध बिच्छेदको कुराले तातेका छन् । दुई वर्षअघि लण्डनमा बस्दै आएका रोवर्ट विकसँग प्रेम विवाह गरेकी रीमाको सम्बन्ध बिच्छेद भएको खबर बारे दर्शकहरु अझै दोदारमा भइरहदा रीमाले भने यो बिषयमा बोल्न चाहेकी छैनन् । आफ्नो प्रेम सम्बन्धलाई बैवाहिक सम्बन्धमा रुपान्तरण गरेर जीवन यापन गर्दै आएकी रीमाले पछिल्लो केहि समय यता रोवर्टसँगका तस्बिर सामाजिक सञ्जालमा अपलोड पनि गरेकी थिइनन् । यसले उनीहरुबिचको मनमुटाव अथवा दुरी टाढा भएको बुझिएको थियो । अन्ततः रोवर्टले सामाजिक सञ्जालमा मोडल बर्षा रसाईलीसँग राखेका केहि तस्बिर अहिले भाइरल हुँदैछन् । उनले बर्षासँग इन्गेजमेन्ट गरेका तस्बिर राखेपछि रीमा र रोवर्टको सम्बन्धको रहस्य बारे बाहिर सार्वजनिक भएको हो । यसअघि रीमा–रोवर्ट सम्बन्धका खबर बाहिर आएको थिएन ।

नेपालमै बसेर आफ्नो करियरलाई निरन्तरता दिइरहेकी रीमाले आँफुहरुको सम्बन्ध बिच्छेदनै भएको भन्ने ठोस शब्दका साथ नभनेपनि उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा राखेको एक स्टाटसले प्रष्ट बुझाउँछ । उनले आफु गाह्रो परिस्थितीमा रहेको र यस्तो बेला आफ्ना शुभचिन्तक तथा मिडियामा कुनै पनि कुरा राख्न नचाहेको बताएकी छिन् । ‘यो असहज परिस्थितिमा म यहाँहरु समक्ष केही पनि कुराहरु राख्न वा केही पनि प्रश्नको उत्तर दिन असमर्थ छु । यती बेलाको मेरो भावनात्मक र मानसिक अवस्था बुझिदिनुहुनेछ र म अनि मेरो परिवारको लागि केही समय दिनुहुनेछ भन्ने मलाई पुर्ण विश्वास छ ।’, रीमाले लेखेकी छिन् । साथै उनले जीन्दगी सधैं सोचे जस्तो एकनास नहुने र अहिलेको गाह्रो क्षण पनि बितेर जाने बताएकी छिन् । ‘जिन्दगी सधै सोचे जस्तो त पक्कै हुदैन र समय सधै एकनास पनि हुदैन। यो गाह्रो क्षण पनि पक्कै बितेर जानेछ । मेरो कोही प्रती पनि केही गुनासो छैन । यो असहज घडीमा पनि मेरो साथमा रहनुभएकोमा म अनि मेरो परिवार यहाँहरु प्रती कृतज्ञता व्यक्त गर्छौं ।’, रीमाले लेखेकी छिन् । रोवर्टले बर्षासँग नेपालमा इन्गेजमेन्ट गरेर लण्डन फर्किसकेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा कुराकानी हुँदै गहिरो प्रेम पश्चात नायिका रीमाले २०७२ साल असोज १० गते काठमाडौंको सबैभन्दा महंगो पाँच तारे होटल हायतमा भेरी जोन नामक एक अमेरिकन टेलिकम कम्पनीको यूके शाखामा फाइनान्स म्यानेजरका रूपमा कार्यरत रोबर्ट विश्वकर्मासँग विवाह गरेकी थिइन् । बुझिए अनुसार रीमासँगको सम्बन्ध बिच्छेद हुनासाथ रोवर्टले बर्षासँग इन्गेजमेन्ट गरेका हुन् ।

-file photo

हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ