यौन मनोविज्ञानको विषयमा बन्ने भयो ‘मिस्टर भर्जिन’

काठमाडाैं, मंसिर २७

यौन मनोविज्ञानमा आधारित चलचित्र ‘मिस्टर भर्जिन’को निर्माण घोषणा गरिएको छ। राजधानीमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो। कार्यक्रममा निर्देशक विशारद बस्नेतले चलचित्र ‘सेक्स कन्टेन्ट’मा नभएर केहि भर्जिन पात्रहरुको मनोविज्ञानमा बन्ने जानकारी दिएका छन् ।
‘केहि भर्जिन पात्रहरुले भोगेको परिस्थिति र त्यसबाट उत्पन्न हुने घटनालाई पूर्ण मनोरंजन दिने गरि कमेडी फ्लेवरमा सिनेमा निर्माण हुनेछ । सुन्दा अलिक ‘अड’ लाग्ने शिर्षक भएपनि सिनेमा सपरिवारले हेर्न मिल्ने बन्नेछ । आशा छ, रिलिज हुँदासम्म यसले राम्रो हाइप पाउनेछ ।’ निर्देशकले भने ।

महेश दवाडी को लेखन र मुख्य सहायक निर्देशन रहने यस चलचित्रमा गौरव पहारी, मरिश्का पोखरेल, भोलाराज सापकोटा, कमलमणि नेपाल, विजय बराल, रविन्द्र झा, सिर्जना सुब्बा, लोकेन्द्र लेखक, सागर ढकाल, कुलदीप अधिकारी लगायत थुप्रै कलाकारको अभिनय रहनेछ।चलचित्रमा सुरज पण्डित, श्रीकृष्ण वम मल्ल, बुलेट, आधासुर, आरजे, मिस्टर प्रिन्सको संयुक्त संगीत , रामेश्वर कार्कीको छायाँकन, विक्रम स्वार र दीपकमान सिंहको कोरियोग्राफी, दीपक ओलीको क्रियटिभ निर्देशन रहनेछ । चलचित्रमा खिलेन्द्र तिमिल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशारद बस्नेत को निर्माण रहनेछ। भन सहनिर्माताको रुपमा सन्दीप उप्रेती र मनिष खत्री रहने छन् ।
वर्ल्ड वाइड फिल्म डिस्ट्रिब्युसनको व्यानरमा निर्माण हुन लागेको यस चलचित्र मंसीर २९ गतेबाट छायाँकनमा जाने बताइएको छ। चलचित्र काठमाडौं वरिपरी र विशेष गरेर ठमेलमा खिचिनेछ ।