रेकर्ड ब्रेक गर्न सुरु गर्यो ‘कृ’

पुस, काठमाडौं ।

शुक्रबार मात्रै ट्रेलर सार्वजनिक गरिएको चलचित्र ‘कृ’ले रेकर्ड ब्रेक गर्न शूरुवात गरेको छ । नेपाली चलचित्रमा पछिल्लो समय एकपछि अर्को रेकर्ड ब्रेक गर्ने थुप्रै चलचित्र भइसकेका बेला ‘कृ’ले २४ घण्टा नबित्दै युट्युवमा हेर्नेको संख्यामा ब्रेक गरेको छ । यो भन्दा अघि यति छोटो समयमा कुनै पनि चलचित्रलाई यतिधेरै पटक युट्युवमा हेरिएको थिएन । अहिले ‘कृ’ को ट्रेलरलाई २४ घण्टामा ६ लाख भन्दा बढीपटक हेरिसकिएको छ । साथै ट्रेलर २४ घण्टा नबित्दै नेपाल युट्युवको ट्रेंिडङ नं. १ मा पनि आउन सफल भएको छ ।

डेढबर्ष सम्म मिडियामा नआई एकैपटक चलचित्रको ट्रेलर लिएर आएका चलचित्र मुख्य नायक युवास्टार अनमोल केसीले चलचित्रका लागी निकै मेहनत गरेका छन् । रोमान्स भन्दा एक्शन बढी देखिएको ट्रेलरमा अनमोलले एक्शनका लागी फिट हुन शरिर बनाउनै निकै मेहनत गरेको देखिन्छ । ट्रेलर सार्वजनिक समारोहमा पनि चलचित्र टीमले अनमोलको शरिर घटाउने र बढाउने गर्नकै लागी शुटिङ समेत रोकेर केहिदिन कुर्नुपरेको बताएको थियो ।

चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् भने चलचित्रका भुवन केसी र सुवास गिरी निर्माता हुन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, अनुप विक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा चन्द्र पन्तको एक्सन छ । चलचित्र माघ २६ गतेबाट रिलिज हुँदैछ ।

Trailer: