राज्जालाई केक खुवाउँदै मनाइन् केकीले जन्मदिन (फोटो फिचर)

पुस, काठमाडौं ।

नायिका केकी अधिकारीले आज (आइतबार) आफ्नो जन्मदिन मनाएकी छिन् । राजधानीको अर्याल इन्टरनेशनल होटलमा एक कार्यक्रमका बिच पुस २१ गतेबाट रिलिजको तयारीमा रहेको उनी अभिनित चलचित्र ‘राज्जा रानी’ टीमसँग केक काट्दै जन्मदिन मनाएकी हुन् ।

आफ्नो उमेर बताउन नचाहेकी केकीले मानिसको उमेरमा सबैकुरा निर्धारण नहुने बताइन् । ‘मलाई उमेरले केहि कुरा छेक्छ जस्तो लाग्दैन, उमेर त मात्र गणनाको लागी हो ।’, केकीले उमेर बताउन चाहिनन् । केकीले पहिलो केक ‘राज्जा रानी’का नायक नाजिर हुसैन 'राज्जा' लाई खुवाएकी थिइन् ।

कार्यक्रममा बाल बिवाह र दाईजो प्रथा उन्मुलनको अभियान पनि शुरु गरिएको जानकारी गराइयो । देशैभरीका बिभिन्न ठुला शहरहरुमा कन्सर्ट गर्ने पनि बताइएको थियो । साथै चलचित्र नेपाली र मैथीली गरी दुई भाषामा रिलिज गरिने पनि जानकारी दिइयो । चलचित्र तराईका केहि ठाउँहरुमा मात्र मैथीली भाषा हलहरुमा रिलिज हुने छ । कार्यक्रममा चलचित्रको मैथीली भाषाको ट्रेलर र गीत पनि देखाइएको थियो ।

याम थापा निदेृशीत यो चलचित्र चलचित्रको सम्पूर्ण छायांकन नेपालगञ्जको पठारमा गरिएको हो । प्रेमकथामा आधारित ‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । चलचित्रमा केकी र नाजीरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ ।

तस्बिरः निरज पन्थि/आर्टिष्ट खबर ।