पुस, काठमाडौं ।

‘कविता उत्सवःओलम्पिया पोइट्री स्ल्याम’ सम्पन्न भएको छ । सो महोत्सवमा देशभरीबाट जम्मा बाह्र कविले भाग लिएका थिए भने अठार कविता बाचन गरिएको थियो । जसबाट उत्कृष्ट तीन कवि विजेता घोषित समेत भएका छन् ।

‘कविता मनाऔँ’ भन्ने उदेश्यका साथ आइतबार ओलम्पिया वल्र्ड स्कूलको आयोजनामा भएको प्रतियोगितामा प्रकाश चन्द्र जिम्बा, प्रज्वल अधिकारी र शुभाषिस पराजुली ३ विजेता ठहरिएका हुन् । तीनै विजेताले नगद पुरस्कारसहित स्मार्ट फोन र प्रमाणपत्र प्रदान गरिएको थियो । कवि तथा गीतकार दिनेश अधिकारी, कलाकार रविन्द्र सिंह बानिया, कवि समिप ढुंगेल, कवि सुदेश सत्याल र कलाकार रोजिता बुद्धाचार्य प्रतियोगिताको निर्णायक रहेका थिए । कार्यक्रमको संयोजक नवराज पराजुली हुन् ।

हिमालय टाइम्समा प्रकाशित छ ।