धतुरेको जन्मदिन ‘क्या जमाना आ’ टीमसँग

पुस, काठमाडौं ।

नेपाली हाँस्य ब्यग्य क्षेत्रका कलाकार सिपी (चिरञ्जीवी प्रसाद) पुडाशैनीले आफ्नो ३८ औं जन्मदिन मनाएका छन् । पछिल्लो समय एपि वान टेलिभिजनमा ‘क्या जमाना आ’ टेलिसिरियल लिएर आएका सिपी ‘धतुरे’ उमनामबाट दर्शक माझ परिचित छन् ।

राजधानीको चावहिल स्थित आफ्नै कार्यालयमा परिवार तथा कलाकारहरुका बिच जन्मदिन मनाउँदै धतुरेले आफ्नो जीवन कलाकारीतामै बिताउन बताए । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘भद्रगोल’ मा ‘धतुरे’ भूमिकामा देखिएपछि उनी एकाएक दर्शकमाझ चर्चित बनेका थिए । साथै भद्रगोलको ३२ औं भागबाट उनी छुट्टिएका थिए ।

‘म कुनै मनमुटाव भएर रिसले भद्रगोलबाट छुट्टिएको हैन । अर्को सिरियल पनि ल्याउँनु पर्छ भन्ने धारणा आएर मात्र म भद्रगोलबाट अलग्गीएको हुँ । अहिले मैले गर्दा अन्य बिस भन्दा बढी कलाकारले अभिनयको मौका पाएका छन् । त्यसलाई सकारात्मक तरिकाले हेरौं ।’, धुतुरेले भने । उनले अब ‘क्या जमाना आ’ टेलिसिरियललाई नै सशक्त तरिकाले अगाडी बढाउने बताए ।

Video: