
<pre style="text-align: justify; "><b>पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">चलचित्र ‘स्वर्ग मेरो गाउँ’ ले प्रदर्शन मिति तय गरेको छ । चलचित्र आउँदो माघ १२ बाट देशब्यापी प्रदर्शनमा आउने निर्देशक तथा निर्माता रामकृष्ण बजगाइँले जानकारी दिएका छन् । गाउँलाई स्वर्ग बनाउन लागी परेका युवाको कथामा चलचित्र निर्माण भएको बजगाईँले बताए । </p><p style="text-align: justify; ">चलचित्रमा नायक नरेन खड्का रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ । नायक नरेन खड्काले ‘स्वर्ग मेरो गाउँ’बाट आफ्नो फिल्मी करिअर उकालो लाग्नेमा आशावादी रहेको बताए । उनले भने, ‘यसपटक गाउँले युवकको भूमिकामा देखिँदैछु । राम्रो फिल्म बनेका कारण दर्शकले मनपराउनुहुन्छ भन्नेमा ढुक्क छु ।’ </p><p style="text-align: justify; ">यसअघि नायक नरेनले ‘परदेशी’, ‘मन्दिरा’, ‘हमेशा’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । पवन गौतमले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । गोविन्द राई चलचित्रका कोरियोग्राफर हुन् । ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर र पोस्टर शुक्रवार सार्वजनिक हुँदैछ । </p>