पुस, काठमाडौं ।

पुरानादेखि नयाँ पुस्तासम्मका नेपाली कविका उत्कृष्ट सिर्जनाहरू साहित्यका विशिष्ट पाठकहरूमाझ सुनाउने उद्देश्यले शूरू गरिएको ‘हामी’ कवि र कविता, को ५२ औंैंैं श्रृंखला सोमबार सम्पन्न भएको छ । सर्वनामका अशेष मल्लले माला लगाइदिएर शुरु भएको कार्यक्रममा पहिलो र दोस्रो चरण गरी कवि ममता कर्माचार्य र कृष्ण प्रधनले कविता सुनाएका थिए । लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामको संयुक्त आयोजनामा प्रत्येक महिनाको १ गते आयोजना हुने गरेको ‘हामी’ कवि र कविता, अन्तर्गत यहि पुस १ गते कृष्ण र ममताले कविता सुनाएका हुन् ।

कार्यक्रमको पहिलो चरणमा कवि ममता कर्माचार्य ‘आधुनिक्ताको मान्छे, हराएको जिन्दगी, नयाँ वर्ष, कहाँ छ सिङगो माया, समय रोईरहेछ, प्रेमको प्रश्न, विश्वास, स्पर्श, बिना अर्थ र बिना स्वार्थ, म र मेरो कफि, होली, आज सुर्य उदाउँछ उदाउदैन थाहा छैन’ गरी जम्मा १२ कविता सुनाएका थिए । त्यस्तै दोस्रो चरणमा अर्का कवि कृष्ण प्रधानले ‘विचार, विचार वृक्ष वाटिका, चराहरूको गणतन्त्र, देउता चढेपछि, मौन पहाड, पानी, युद्ध सित, आगो–२, जीवनको गति, उज्यालोको युद्ध, कालपुरूष, कविताको मृत्युदण्ड, साड्याँ को हुल, झुक्तैमा पहाडको उचाँई कम हुदैन, स्वर्ग’ गरी जम्मा १५ कविता सुनाएका थिए ।

हिमालय टाइम्समा प्रकाशित छ ।