पुस, काठमाडौं ।

चलचित्र विकाश बोर्डको अध्यक्षमा भर्खरै मात्र नियुक्त भएकी निकिता पौडेललाई नेपाल चलचित्र संघले स्वागत तथा बधाई दिएको छ । सोमबार संघको सभा कक्षमा आयोजीत स्वागत तथा बधाई कार्यक्रममा चलचित्र संघ, निर्माता संघ, पत्रकार संघ लगायतका चलचित्रसंग सम्बन्धित संस्थाका पदाधिकारीले बधाई दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले अबको आफ्नो दुईबर्षे कार्यकालमा चलचित्र क्षेत्रमा भएका समस्यालाई हल गर्ने प्रतिबद्धता जनाएकी थिइन् । उनले अबको केहि दिनमै पत्रकार सम्मेलन गरेरै चलचित्र क्षेत्रका लागी आफुले गर्नुपर्ने कामहरुको पनि सार्वजनिक गर्ने बताइन् ।

यस्तै कार्यक्रमका सभापति तथा संघका अध्यक्ष प्रदीप कुमार उदयले पौडेललाई स्वागत गर्दै पछिल्लो समय चलचित्रक्षेत्रमा आएका समस्यालाई तत्काल ध्यानमा लिएर काम गर्न सुझाव दिएका थिए । उदयले नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयको मुख्य समस्यामा विकाश बोर्डमा चलचित्र दर्ता र सेन्सरलाई मुख्य प्राथमिकता दिएर बोलेका थिए । उनले चलचित्र दर्ता गर्नेक्रममा चलचित्रका मुख्य तिन कलाकारसँगको सम्झौता पत्र बुझाउनु पर्ने तर चलचित्रको कथाको टुंगो नलाग्दा सम्म कलाकार फाइनल नहुने हुँदा नक्कली कलाकार र नक्कली सम्झौता पत्रको खेल भइरहेको हुँदा यस बिषयलाई तत्काल समाधान गर्न सुझाव दिएका थिए । साथै उदयले चलचित्र सेन्सरको समयमा पनि केहि न केहि बिषयलाई लिएर अल्झाउने परम्परा भएको भन्दै यी बिषयहरुमा ध्यान जानुपर्ने बताए ।

‘नेपाली चलचित्र क्षेत्रको विकासमा लामो समयदेखि आबद्ध परिवारको पहिलो महिला सदस्य पौडेल जस्तो सक्षम व्यक्ति चलचित्र बिकाश बोर्डले पाएको हुँदा हामीले गर्वको महसूश गरेका छौँ ।’, उदयले भने । साथै उनले केहिदिन यता पौडेलको बिषयमा सामाजिक सञ्जालमा भएका नकारात्मक टिप्पणीले नेपाली चलचित्रक्षेत्रलाई नै असर पर्ने हुँदा त्यसो नगर्न सबैलाई आग्रह गरेका थिए । ‘सम्पूर्ण चलचित्रकर्मी एक भई उहाँले गर्ने चलचित्र क्षेत्रका हरेक विकाश निर्माणको काममा सघाउन जरुरी छ ।’, उदयले थपे । कार्यक्रममा चलचित्र पत्रकार संघका सचिव समिर बलामी, चलचित्र कलाकार संघका कोषाध्यक्ष गोपाल कायस्थ लगायतले पनि स्वागत भनाई राखेका थिए ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । पाँच महिनाअघि राजकुमार राईको कार्यकाल सकिएपछि चलचित्र विकास बोर्ड अध्यक्ष विहीन भएसँगै भदौमा सरकारले चलचित्र विकास बोर्डको अध्यक्षको पदपुर्तिका लागि आवेदन मागेको थियो । न्युनतम स्नातक उतिर्ण गरेको र चलचित्र क्षेत्रको प्रवद्र्धनमा १० वर्ष लागेको व्यक्तिले आवेदन दिन पाउने नियम अनुसार निकिता योग्य ठहरिएपछि उनलाई बोर्ड अध्यक्षमा नियूक्त गरिएको बताइएको छ । पौडेल गोपीकृष्ण मुभिज तथा गोपीकृष्ण इन्टरटेनमेन्टकी अध्यक्ष समेत हुन् । चलचित्र विकास बोर्ड नेपालको चलचित्र क्षेत्र हेर्ने एकमात्र सरकारी निकाय हो । हिमालय टाइम्समा प्रकाशित छ ।

तस्बिरः निरज पन्थि /आर्टिष्ट खबर ।