नबिन कटुवालले ल्याए ‘तिरीमिरी झ्याईँ’ (भिडियो)

...

<pre><b>पुस, काठमाण्डौ । </b></pre><p>गायक नबिन कटुवालको नयाँ गीत 'तिरीमिरी झ्याईँ' को भिडियो सार्वजनिक भएको छ । २०६४ सालदेखी गायन क्षेत्रमा सक्रिय कटुवालले यसपटक 'डान्सिङ्ग नम्बर' प्रस्तुत गरेका हुन् ।</p><p>गीतमा नबिनको स्वर, प्रकाश नेपालीको संगीत तथा गणेश शाहको रचना रहेको छ । नबिन आँफैले निर्देशन गरेको यस गीतको भिडियोमा सुनिल, रोहनी लगायतका कलाकारहरुको नृत्य रहेको छ । गीतमा प्रिती गुरुङ्को कोरियोग्राफी छ । सरोज अधिकारीले छायांकन गरको गीतलाई पोखरा आसपासका रमणिय स्थानहरुमा खिचिएको छ ।</p><p>नबिनले यसअघि आधुनिक गिती संग्रह 'कोशेली' तथा 'साथ' बजारमा ल्याएका थिए । स्थायी घर भोजपुर भएतापनि पोखरामा सक्रिय नबिनले छिट्टै अर्को गीतको भिडियो पनि प्रस्तुत गर्ने बताए ।</p><pre><b>Video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/270F-fLmDRU" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>