कान्छा निर्देशक सौगात बिष्टको ‘हैरान’ डबिङ सकियो

पुस, काठमाडौं ।

विश्वकै कान्छा निर्देशक सौगात बिष्ट निदेशीत चलचित्र ‘हैरान’ को डबिङको काम सकिएको छ । गायक तथा अभिनेता सत्यराज आचार्यको डबिङ गरेसँगै निर्माण टीम अब अन्य प्राविधिक कार्यमा जुटेको छ ।

कमेडी जनरमा तयार भएको यो चलचित्र निर्देशक सौगातको दोस्रो चलचित्र हो । यसअघि ’लभ यु बाबा’ मार्फत नै सौगातले निर्देशनमा डेब्यु गरेका थिए भने त्यसै चलचित्रबाट उनले विश्वको कान्छा निर्देशकमा विश्व रेकर्ड समेत राखेका थिए । अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ ।

डबिङ सकिएपछि गायक तथा अभिनेता सत्यराजले हैरानलाई राम्रो बनाउन आफुहरुपनि हैरान भएको बताए । ‘हैरान राम्रो बनाउन हामी पनि हैरान नभएका हैनौ किनकी मैले झन्डै २५ हजारको पान नै खाएछु । मेरो क्यारेक्टर अनुसार नै पान पनि खाएको हु र डबिङ गर्दा पनि यसलाई ध्यान दिएको छु ।’, सत्यराजले भने । त्यस्तै निर्देशक बिष्टले एक साधारण व्यक्ति दिन चर्या बिताउने क्रममा भोग्ने हैरानीलाई चलचित्रमा उतारीएको बताए । ‘फिल्मले दर्शकलाई सन्देश त दिन्छ नै साथै भरपुर मनोरंजन पनि दिन्छ ।’, निर्देशक बिष्टले भने ।

चलचित्रमा सत्यसंगै गजित विष्ट , मोहमद वसिम राजा , निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट , द्वन्द चन्द्र पन्त , संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्ममा नवराज उप्रेती र निरज कडेलको छायाँकन , अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।