युरोपमा नेपाली बाजा सुनाउँदै प्राना मुण्डी ब्याण्ड

गोपिकृष्ण चापागाईं / पुस, काठमाडौं ।

नेपालमा बनेका बाजाहरुलाई देश बाहिर निरन्तर बिभिन्न कार्यक्रमका बिच चिनाउँदै आएको ब्याण्ड हो ‘प्राना मुण्डी ब्याण्ड’ । बर्षमा दुई देखी तिनपटक सम्म युरोपका बिभिन्न देशहरुमा यो ब्याण्डले बिगत पाँचबर्ष देखी नेपाली बाजाहरुलाई सुनाउँदै आएको छ । नेपाल बाहिरका बिभिन्न नेपाली संघसंस्थासँग मिलेर ब्याण्डले कम्तीमा पनि एक महिनाको लामो टुरमा दर्जनबढी देशहरुमा बिभिन्न नेपाली बाजाहरुलाई प्रमोट गर्दै पनि आएको छ । यो ब्याण्डले बिशेष गरी बाँसुरी, सारंगी, सितार, मादल, तबला, टुन्ना लगायतका बाजाका धुन सुनाउनकै लागी बिदेश भ्रमणमा ब्यस्त भएको पाइन्छ ।

ब्याण्ड स्थापना कालदेखी अहिलेसम्म पाँचपटक युरोप टुर गरिसकेको यो ‘प्राना मुण्डी ब्याण्ड’ पुनः युरोप टुरमा निस्कने भएको छ । आउँदो अंग्रेजी बर्षको ४ मार्चबाट पुनः युरोपका बिभिन्न शहरहरुमा नेपाली बाजा सुनाउने ब्याण्डका प्रमुख बाँसुरी बाधक प्रताप केसीले जानकारी दिए । केसीका अनुसार एक महिनाको लामो टुरमा युरोपका झण्डै आधा दर्जन देशहरुमा आफ्नो ब्याण्डका तिन जनाले बिभिन्न नेपाली बाजाहरुलाई बिदेशी समक्ष सुनाउने छन् । ‘यस पटक पनि हामीले मौलिक धुनहरुलाई जोड दिएका छौं । बिदेशी नागरिकहरुले नेपालका मौलिक धुनहरुलाई निकै मन पराउँछन् त्यसैले पनि हामी नेपालमै बनेका बाजामा केन्द्रित भएका हौं ।’, केसीले भने । उनले अहिलेको यो टुरमा तबला, सितार र बाँसुरी लगायतका धुनलाई बिशेष प्राथमिकता दिएको बताए ।

यस अघि यो ब्याण्ड यहि बर्षको १ सेप्टेम्बर देखी ३५ दिनसम्म युरोप टुर गरेको थियो । त्यसबेला पनि नेपालका बिभिन्न धुनहरु युरोपका बिभिन्न शहरहरुमा कार्यक्रमका बिच सुनाएको थियो । बाँसुरी बाधक केसीका अनुसार बिदेशमा आफ्नो ब्याण्डका लागी नेपाली बाजा नै सुनाउनका लागी भनेरै अफर गरिने हुँदा आफुहरु नेपाली धुनमै केन्द्रित भएको बताउँछन् । ‘हामीले अन्य बिदेशका धुनहरु कुनै कुनै कार्यक्रम जहाँ आवश्यकता अनुसार बजाउने गर्दछौं तर बिदेशी नागरिकहरुकै डिमाण्ड नेपाली बाजाहरुमा हुन्छ । उनीहरु नेपाली बाजाको बारेमा धेरै सिक्न पनि रुचाउँछन् । हामीले बाजा कसरी र के बाट बन्छ त्यसको बिषयमा पनि जानकारी दिँदै आएका छौं ।’, केसीले बिदेशीहरुले नेपाली बाजाको बारेमा जानकारी लिन खोजेको अनुभव सुनाए । अहिले पनि बिगतका जस्तै टोली अस्ट्रिया, भेन्या, जर्मनी, इटाली लगायतका देशहरुमा आफुहरुको कार्यक्रम तय भएको केसी बताउँछन् । अहिले सम्म गरेका युरोप टुरका कतिपय कार्यक्रमहरुमा नेपाली टोलीबाहेक करिब २० प्रतिशत सोही देशका बाद्यवाधक रहने गरेको केसीले बताए । ‘कतिपय कार्यक्रममा नेपाली मात्र नभएर विदेशी धुन पनि बजाउनुपर्ने भएकाले जुन ठाउँमा कार्यक्रम गरिन्छ त्यो ठाउँका बाधकलाई लिने गरेका हुन्छौं । बिदेशी नागरीकहरुले आफ्नै देशको धुन बजाउन आग्रह गर्दा हामी त्यस देशको धुन पहिले नै ’अध्ययन गरेका हुन्छौं र सोहि अनुरुप बजाउने पनि गरेका छौं ।’, केसीले भने ।

‘प्राना मुण्डी ब्याण्ड’ नेपालमा बिभिन्न सामाजिक कार्यमा पनि सरिक हुँदै आएको छ । ब्याण्डले नेपालले ०७२ सालमा भूकम्पबाट बेहोर्नुपरेको समस्याका बेलामा पनि बिभिन्न ठाउँमा राहत हस्तान्तरण गरेको थियो । साथै हालै अस्ट्रियाका दुई नागरीकको सहयोगमा सिन्धुपाल्चोकको फलाटे गाउँमा दुई घर निर्माण गरेको छ । अस्ट्रिया नागरीक बिली र बर्नहार्डको आर्थिक सहयोगमा नेपालका सम्पुर्ण सहयोग ‘प्राना मुण्डी ब्याण्ड’ले गरेको केसीले हिमालय टाइम्सलाई जानकारी दिए । आठ लाख बराबरमा निर्माण भइरहेका दुई घर अबको दुईसाता भित्रै हस्तान्तरण गरिने पनि उनले बताए ।

ब्याण्डका प्रमुख प्रताप केसी बिगत तिनदशक देखी यो क्षेत्रमा आबद्ध छन् । बिभिन्न ब्याण्डसँग मिलेर काम गर्दै आएका केसीले पछिल्लो पाँचबर्ष यता आफ्नै ब्याण्ड सञ्चालनमा ल्याएर देशबिदेशमा नेपाली धुनलाई चिनाउँदै आएका छन् । उनी अहिलेका राम्रा बाँसुरी बाधक मध्येको लिस्टमा पर्छन् । जनकपुरको एक गाउँहुँदै तीन दशक लामो यात्रा बाँसुरीमै बिताएका प्रताप अहिले काठमाडौं मालिगाउँस्थित आफ्नै घरमा सपरिवारसहित बस्दै आएका छन् । ८ वर्षको उमेरदेखि नै बाँसुरी बजाउँदै आएको बताउँने उनले आफू निकै सानो हुँदा त्यो बेलाका बाँसुरीको राम्रो बाधकको रूपमा चिनिने जेबि नाम गरेका अग्रज दाइले बजाएको धुनले उनलाई निकै लठ्ठ बनाउने गरेको बताउँछन् ।

भारतमा एक वर्षसम्म बाँसुरी बजाउने विशेष कोर्स लिएको केसीले बताउँछन् । भारतको जन्नामा गुरुहरुसँग एक वर्षसम्म बाँसुरी बजाउन सिकेको र नेपाल आएर यही पेसामा लागेको बताउँछन् । ‘आफूले बुझ्ने भएपछि म भारतको जन्नामा बाँसुरी सिक्नकै लागि गएँ र एक वर्ष विशेष कोर्स गरेको हुँ । सिक्नेक्रममा भारतका गुरुहरुले गर्ने शास्त्रीय संगीत कार्यक्रममा बाँसुरी बजाउने पनि गर्दथेँ ।’, उनले भने । उनले बताए अनुसार आफ्नो ब्याण्डले बिदेशमा मात्र नभएर नेपालका धेरै ठाउँमा पनि सर्वाधिक रुचाइएका लोक भाकाको लाइभ म्युजिक कन्सर्ट गर्दै आएको छ । समाचार हिमालय टाइम्समा पनि प्रकाशित छ ।