नेपालमा ६० बलिउड कलाकारका साथमा कन्सर्ट गर्दै सलमान खान

पुस, काठमाडौं  ।

बलिउडका सुपरस्टार सलमान खान अन्ततः नेपाल आउने पक्का भएको छ । केहि समय देखी सलमान आउने हल्ला चलिरहेपछि यो बिषयको टुंगो भने भएको थिएन । अब भने सलमान मार्च १० अर्थात फागुनको २६ गते ‘दबंग टूर’मा ६० बलिउड कलाकार लिएर नेपाल आउनेछन् । यो कार्यक्रमलाई नेपालमा ओडीसी इन्टरटेन्मेन्ट प्रालिले आयोजना गर्दैछ । साथमा, सोहिल खान प्रोडक्शन र जेइ इभेन्ट्सले पनि कार्यक्रमको आयोजनामा सहकार्य गर्दैछन् ।

सलमानले यो भन्दा अघि दिल्ली, अष्ट्रेलिया, न्यूूजील्यान्ड र हङकङमा आफ्नो प्रस्तुती दिइसकेका छन् । यही टुर अन्तर्गत उनी  नेपाल आउन लागेका हुन् । केहीदिन अगाडि दिल्लीमा भएको ‘दबंग द टुर’मा ओडीसीका निर्देशक सीमान्त गुरुङसँग सलमानले भेट गरेका थिए  । बुझिए अनुसार सलमान फागुन २६ गते दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा ओलिएपछि साँझ ७ देखि ८ बजेभित्रमा उनले हजारौं नेपाली प्रशंसकमाझ टुँडिखेलमा आफ्नो प्रस्तुती दिनेछन् । स्टेज चढ्नुअघि सलमानसहित अन्य कलाकारले रिहर्सल पनि गर्नेछन् । त्यस्तै उनले फागुन २७ गते विहान पशुपति मन्दिर र हेलिकोप्टर चार्टर गरेर संसारकै अग्लो शिखर सगरमाथाको उनलाई भ्रमण गर्ने बुझिएको छ ।सलमानले पनि पशुपति मन्दिर र सगरमाथाको भ्रमण गर्ने इच्छा देखाएका छन् ।

उनीसँगै कार्यक्रममा बलिउड नायिका सोनाक्षी सिन्हा, अभिनेता, निर्देशक तथा कोरियोग्राफर प्रभु देवा, ज्याकलिन फर्ना्न्डिज, डेजी शाह, कृति सेनोन, मित ब्रदर्श, अभिनेता तथा उद्घोषक मनिष पलपनि सहभागी हुनेछन् । कार्यक्रमको सञ्चालन मनिषले गर्नेछन् । कार्यक्रमको ३ देखि १० हजार मुल्यसम्मको टिकट हुनेछ भने कार्यक्रमको जम्मा खर्च १५ करोडको आसपासमा हुने ओडीसी निर्देशक गुरुङको अनुमान छ । सलमानको सुरक्षाका लागि नेपाली सेना र प्रहरीको संयुक्त टोली र आयोजक संस्थाले सयौं बडिगार्ड खटाउने तयारी गरेको छ । करीब ३ घण्टाको स्टेज शोमा ५० हजार दर्शक उतारिने आयोजक संस्था ओडीसीले जानकारी दियो ।