
<pre><b>पुस, काठमाण्डौ । </b></pre><p>गायक नरजंग गुरुङ्गको स्वरमा रहेको नेपाली लोकपप गीत ुबारुलाुको भिडियो सार्वजनिक भएको छ । एक युवकले युवतीलाई आफ्नो माया जालमा पार्न अपनाउने तरिकाहरु गीतमा पाईन्छ ।शमशेर गहतराजको शब्द तथा संगीत रहेको गीतको भिडियोमा नायिका ज्योत्सना योगीसँग गायक आँफै देखिएका छन् । भिडियोलाई जीवन थापाले निर्देशन तथा सम्पादन गरेका हुन् । भिडियोमा छायांकन धिरजजंग शाहको रहेको छ ।</p><p>२०६३ सालदेखी संगीत क्षेत्रमा रहेका नरजंग गुरुंग चलचित्रका नायक समेत हुन् । उनले गुरुंग चलचित्रमा पनि गीत गाएका छन् । उनले हालसम्म चलचित्र र एल्बम गरी २५० बढि गीत गाएका छन् । १० बर्षदेखी पोखरामा रहेर संगीत क्षेत्रमा रहेका गुरुंगले यसअघि ुफ्युचरु नामक म्यूजिक एल्बम बजारमा ल्याएका थिए ।</p><pre>video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/UuIilLQd4zs" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>