‘व्वाईफ्रेण्ड’को गित रिलिज

पुस, काठमाडौं ।

आउँदो माघ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘व्वाईफ्रेण्ड’को टाईटल गीत रिलिज गरिएको छ । लायन कृष्ण खनालको निर्माणमा तयार भएको यो चलचित्रमा पुष्कर रेग्मी र महिमा सिलवालको प्रमुख भुमिका रहेको छ । बुढाथोकी फिल्मसको व्यानमा निर्माण भएको यो चलचित्रका प्रस्तुतकर्ता सुर्य बुढाथोकी हुन् ।

युवा अवस्थामा आफ्ना अभिभावकको खुकुलो केयरीड।का कारण कुलतमा फस्ने गरेका युवाहरुको कथा समेटीएको यो चलचित्रले सामाजिक चेतना दिने निर्माता कृष्ण खनालले जानकारी दिएका छन् । चलचित्रमा महिमा र पुस्करका अलवा सरोज खनाल,मोहन निरौला,कृष्ण खनाल, श्याम कुमार मिश्र ,सोनम थापा  लगायतका कलाकारहरुको अभिनय रहेको छ । मदन घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रको लेखक भने मौनता श्रेष्ठ हुन् ।

सार्वजानिक फिल्मको टाईटल गितमा टंक बुढाथोकीको स्वर रहेको छ भने उक्त गितको संगित डाईरेक्सन टंक बुढाथोकी,सोनम शेर्पा र के के सिंहको रहेको छ ।

Video: