गोपिकृष्ण चापागाईं/ पुस, काठमाडौं ।

चक्रपथ सरसफाइ महाअभियानले गएको शनिबार ३७ औं हप्ता पुरा गरेको छ । राजधानीको बसुन्धरामा रहेको ग्रिनसिटी अस्पतालको संयोजनमा शुरु भएको सरसफाइ अभियानमा नेपाल सरकारको तर्फबाट नेपाल प्रहरी र शशस्त्र प्रहरीसँगै कलाकारहरुले पनि साथ दिएका छन् । शुरुवातका दिन देखीनै कलाकारहरुको पनि उपस्थिती रहेको यसै सरसफाइ महाअभियानका संयोजक ग्रिनसिटी अस्पतालका प्रबन्ध निर्देशक एल.बि. टण्डनले जानकारी दिए । ‘हामीले गाउँटोल सरसफाइ अभियानलाई शुरु गरेका हौं, यसैगरी सबैगाउँमा एकजुट भएर लाग्ने हो भने देशैभरी सरसफाइ हुन्थ्यो र हराभरा हुनेथियो ।’, टण्डनले भने ।

साथै उनले आफुले प्रयोग गरेका बिभिन्न पलास्टिकका साम्रागी, रिचार्जका खोल लगायतका सामाग्री अस्पतालमा ल्याइदिए त्यसमार्फत रकम दिने पनि घोषणा गरेका थिए । ‘हामीले अस्पतालबाट सेवामात्र हैन, गाउँटोल कसरी सफा राख्न सक्छौं त्यो कुराको पनि बिचार गरेर यो घोषणा गरेका हौं । जो कसैले पनि आफुले प्रयोग गरेका पलास्टिकका सामाग्री जुन एकपटक प्रयोग गरिसकेपछि प्रयोगमा आउँदैनन् त्यो ग्रिनसिटी अस्पताल परिसरमा ल्याएर बुझाउन सक्नुहुनेछ ।’, उनले भने ।

त्यस्तै कलाकार संयोजक गायक तथा संगीतकार तिलक बस्नेतले कुनै पनि स्थानिय, कलाकार, पत्रकार, बुद्धिजिवी जोकोहि पनि आफ्नो ठाउँमा सरसफाइ गर्न खटिने हो भने कुनैपनि ठाउँमा फोहोर नरहने बताउँछन् । तिलकले सरसफाइसँग सम्बन्धित तथा देशभक्ति गीत पनि गाएका छन् । साथै चर्चित टेलिश्रृंखला भद्रगोलका मुख्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले पनि आफु सरसफाइको महाअभियानको शुरुवातका दिन देखीनै आवद्ध भएको बताए । उनले सबैकलाकारहरु यसरी नै जुट्ने हो भने पनि गाउँटोल सरसफाइमा ठुलो सहयोग पुग्ने बताए । ‘यहाँ हामी अरुले गर्छन् भनेर दोष लगाइरहेका हुन्छौं, सबैजना आ–आफ्नो स्थानबाट उठ्नु जरुरी छ । कलाकारहरुपनि आफ्नो ठाउँमा मात्र सफाइ गर्न जुट्ने हो भनेपनि आफ्नो टोल त सफा हुन्छ ।’, घिमिरेले भने ।

अभियानमा आवद्ध रहेका अर्का कलाकार मधुसुधन पाठक ‘सिते बा’ र अशोक धिताल ‘बाहुन डन’ले पनि आफु सहित केहि साथीहरु निरन्तर चक्रपथ सरसफाइ महाअभियानमा आवद्ध रहेको बताउँछन् । भद्रगोलकै कलाकार जयराम कार्की पनि सरसफाइ अभियानमासँगै थिए ।अभियान प्रत्येक साताको शनिबार बिहान ७ बजेबाट ९ बजेसम्म चल्ने जानकारी गराइएको थियो । साथै अर्को साताको शनिबार चक्रपथबाट पुर्वतर्फको बाटो सरसफाइन गरिने जानकारी गराइयो र जोकोहिलाई पनि यो महाअभियानमा सरिक हुन आग्रह गरिएको छ ।

Video: