बैशाख अन्तिममा ‘हिरो रिटन्स’

पुस,काठमाडौं ।

निर्माण भएको लामो समय पछि चलचित्र ‘हिरो रिटन्स’ले रिलिज मितिको औपचारिक घोषणा गरेको छ । चलचित्र आउँदो बर्षका बैशाख २८ बाट देशब्यापी प्रदर्शन हुने चलचित्र युनिटले जनाएको छ । ‘हिरो’ चलचित्रबाट डेब्यु गरेकी रेखा थापाले त्यसै नामलाई पुनः जोडेर ‘हिरो रिटन्स’ ल्याएकी हुन् ।

आशिष भेटवालको निर्देशनमा तयारी भएको यो चलचित्रमा रेखा थापा सविन श्रेष्ठ, दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शंकर इकु, रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायतको अभिनय छ । अभिनेता तथा निर्माता सविनले यसअघि नै चलचित्रको सम्पुर्ण काम सकिएको कुरालाई सत्य भन्दै त्यसमा पनि केहि कुराहरु चित्तबुझ्दो ननिस्केको र ‘रि सुट’को आवश्यकता देखिएपछि रिलिजमा केहि अन्तर देखिएको बताए । उनका अनुसार चलचित्रमा समावेश केहि दृश्यहरु पुनः छायांकन गरिएको छ ।

कमेडी एक्सन जनरा भनिएको चलचित्रमा शिवम अधिकारीको कथा छ भने मदनकाश्यप घिमिरेले क्यामेरा चलाएका छन् । दिपक शर्मा र टंक बुढाथोकीको संगीत समावेश फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन रहनेछ ।

चन्द्र गौतम यो फिल्ममा कार्यकारी निर्माता हुन् । सविन फिल्मस्को ब्यानरमा बनेको ‘हिरो रिटर्न्स’मा भिम न्यौपाने, अमित श्रेष्ठ, ध्रुब न्यौपाने निर्मातामा छन् । चलचित्रलाई काठमाडौं उपत्यकामा गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् ।यसैबीच नेपाल रिलिज पुर्व फिल्मको कतार, अष्ट्रेलिया सँगसँगै लण्डन प्रिमियर हुने भएको छ । चलचित्रको कतारमा हुने प्रिमियरको जिम्मा विष्णु कार्कीले लिएका छन् भने भिम न्यौपानेको व्यवस्थापनमा अष्ट्रेलिया प्रिमियर हुनेछ ।