सिलवालको ‘शिरको टोपी’ लोकार्पण

पुस, काठमाडौं ।

बाबुकाजी सिलवालको कविता संग्रह ‘शिरको टोपी’को लोकार्पण गरिएको छ । ज्योेति साहित्य प्रतिष्ठानको १३५ औँ कविता यात्रा सँगै उक्त कृति पनि सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरेले उक्त संग्रह लोकार्पण गरेका हुन् ।

कार्यक्रममा विशिष्ट अतिथि हिरण्य कुमारी पाठक, शंकर भारती, मित्रलाल पंज्ञानी, डा, बम बहादुर थापा ‘जिताली’, ममता कर्मचार्यको पनि उपस्थिती रहेको थियो । प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा प्रतिष्ठानका उपाध्यक्ष सूर्य बस्नेतले स्वागत मन्तव्य दिएका थिए ।

शिरको टोपी विमोचित कृतिमाथि ज्योति साहित्य प्रतिष्ठानका महा सचिवकमला रिसाल ‘ज्योति’ ले समीक्षात्मक टिप्पणी गरे भने ओम प्रसाद कोइराला, रश्मी रिमाल, गंगा आचार्य, पशुपति कर्मचार्य, प्रकाश बस्नेत ‘गफाडी’ मुकुन्द न्यौपाने, महेश रिजाल, निर्मल पराजुली, गुप्त बहादुर श्रेष्ठ, मेनका पोखरेल, जनार्दन अधिकारी ‘धड्कन’, शैलेन्द्र कुमार शाह, हरि प्रसाद पाण्डेय, राजन विक्रम थापा, ममता कर्मचार्य, राजबाबु श्रेष्ठ, उर्मिला कोइराला, अशोक घिमिरे, लालकाजी श्रेष्ठ लगायतका कविहरूले आ–आफ्नो रचना वाचन  गरे । कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, समीक्षक र कृतिकारलाई प्रतिष्ठानका तर्फबाट सभापति सिंहले मायाको चिनो प्रदान गर्दै सम्मान व्यक्त गरे ।

प्रत्येक महिनाको पहिलो शुक्रबार आयोजना हुने कविता यात्रा कार्यक्रममा कविता, मुक्तक, गजल जस्ता विभिन्न काव्य विधाका रचना वाचन हुनु र कार्यक्रम नियमित संचालन गर्नु चुनौति पूर्ण कार्य भएको र त्यो चुनौति ज्योति साहित्य प्रतिष्ठानले पुरा गर्न सफल भएको भाव प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले व्यक्त गरे ।