पुस, काठमाडौं ।

लेखिका जमुना न्यौपानको उपन्यास ‘कैली’ विमोचन गरिएको छ । बुलबुल प्रकाशन द्वारा प्रकाशित सो उपन्यासको राजधानीमा एक कार्यक्रमका विच विमोचन गरिएको हो । एक गाउले युवतीले र सहरिया युवकको प्रेम र त्यहि कारण ती युवतीले अमेरिका अनि इन्डोनेसियासम्म गरेको यात्राको कथालाई पुस्तकमा समेट्न खाजेको लेखिका न्यौपानेले बताईन् ।

समाजमा हुदै आएका घटना उपघटनाहरूलार्ई शब्दमा उनेर कैली उपन्यास तयार पारिएको छ । उपन्यास ग्रामीण क्षेत्रबाट विद्यालय तहको पढाई सकेर राजधानी आएकी किशोरीको प्रेम कथामा अधारित छ । विद्यार्थी जीवनका अभाव तथा गाउकी किशोरी सहरमा आएपछि धनाढ्य युवासंगको आकर्षणलगायतका विषयलाई उठाईएको छ । उपन्यासले विदेशमा नेपाली महिलाहरुले भोग्ने समस्याहरुलाई उजागर गर्दै सोही कथालाई न्यायदिन खाजेको न्यौपाने बताउछिन् । युवा पाठकलाई लक्षित गरि लेखिएको सो उपन्याशमा शब्दमार्फत समाजको उत्कृष्ट फोटोकपी गरिएको छ । उपन्यासले विदेशमा नेपाली महिलाहरुले भोग्ने समस्याहरुलाई समेत उजागर गर्न खोजिएको छ ।

उपन्यासमा विद्यार्थी जीवनको यौवन समूहलाई इंकित गर्दै युवा उमेरमा आएको परिवर्तन र त्यसबाट आफू संयमता अपनाउन नसक्दा अरुको सिकार बन्न पुगेको विषयवस्तुलाई समेत समेटिएको लेखक बताउँछिन् । युवा अवस्थामा अनेकौ सोँच उत्पन्न भए त पनि त्यलाई विवेकपूर्ण ढंगले आत्मसाथ गरेमा आफु दुर्घटनाबाट बच्न सक्ने उल्लेख छ । विमोचन कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह, गीतकार डा. कृष्ण हरि बराल, संगीतकार चण्डिप्रसाद काफ्ले, गायक हेमन्त शर्मा लगायतको उपस्थिति रहेका थिए ।