
<pre style="text-align: justify; "><b>पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">अमेरिकामा बस्दै आएका अभिनेता राजबल्लभ कोइराला चारसाता अघि अमेरिकामै प्रतिमा सँग बिवाह गरे । लामोसमय प्रेम सम्बन्धमा रहेको यो जोडी विवाह पश्चात हनिमुनमा निस्किएको छ । विवाह अघि खासै बिदा नलिएका राजबल्लभले अहिले लामै बिदा लिएर हनिमुनका लागी निस्किएका छन् । अहिले उनी माल्दिभ्सको मालेमा हनिमुनका लागी पुगेका छन् । <br></p><p style="text-align: justify; ">उनले आफ्नो फेसबुकमा जानकारी दिँदै तीन ठाउँको ट्रान्जिट पार गर्दै ३० घण्टापछि माल्दिभ्स आइपुगेका छन् । ‘जेहास् यात्राको थकाई मेट्न र हनिमुन मनाउनका लागी माल्दिभ्सको सोन्दर्यले साथ दिने विश्वास छ ।’, उनले लेखेका छन् । उनले सामाजिक सञ्जालमा तस्बिरहरुपनि अपलोड गरिरहेका छन् । राजबल्लभ बिगत ६ बर्षदेखी अमेरिकामा बस्दै आएका छन् । उनले अमेरिकामा आइटी क्षेत्रमा काम गर्छन् । </p>