प्रश्न गर्दा रिसाइन् ऋचा

गोपिकृष्ण चापागाईं/ पुस, काठमाडौं ।

गएको शनिबार दिउँसो राजधानीमा आउँदो शुक्रबार बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘फिर्के’को पत्रकार सम्मेलन कार्यक्रम थियो । चलचित्रको बिषयमा जानकारी दिन आयोजना गरिएको उक्त कार्यक्रममा चलचित्रका कलाकार, निर्माता तथा निर्देशकका उपस्थिती थियो । जसमा नायिका ऋचा शर्मापनि उपस्थित थिइन् । पत्रकारहरुले एकपछि अर्को गर्दै चलचित्रको बिषयमा पश्न सोधिरहेका थिए । जब चलचित्रका जिज्ञासाका बिषयमा प्रश्न सकिन लागे त्यसपश्चा प्रश्न ऋचातर्फ तेर्सिन थाले । केहि समय अघिमात्रै चलचित्र ‘छक्का पञ्जा’ माथी दिएको अभिव्यक्तिको कारण उनी विवादमा मुछिएकी थिइन् ।

यसैबिषयमा रहेर पत्रकारहरुले एकपछि अर्को प्रश्न गर्दै गए तर ऋचाले एक प्रश्नमा मात्र दोहो¥याइरहिन्– ‘नेक्स्ट कोइसन प्लिज’ । ऋचाले ति बिषयमा कुनैपनि उत्तर दिन चाहिनन् । ‘अहिले हामी ‘फिर्के’को प्रेस मिटमा छौं त्यसैले चलचित्रको बिषयमा मात्र प्रश्न गरिदिनुहोला ।’, ऋचाले केहि रिसाउँदो अनुहार बनाएर भनिन् । उनले मिडियाहरुले गर्दा पनि यो बिषय ठुलो भएको बताइन् । भिडियाहरुले नै उत्तेजक शिर्षक राखेर यो बिषयलाई ठुलो बनाइदिएको उनको आरोप थियो । ‘बिशेष गरी अनलाइन मिडियामा उनले दिए यस्तो उत्तर, यस्तो भन्छिन्, हेर्नुस् जस्ता शीर्षक राखेर झन् ठुलो बनाउने कोसिस गरेका छन् । जहाँकि यति ठुलो बनाउनु पर्ने बिषय नै थिएन ।’, ऋचाले भनिन् । उनले आफ्नो मनमा लागेका कुरा निर्धक्क राख्न पाउनु जो कोहि नागरिकको अधिकार भएको बताइन् । पत्रकार भेटघाटको औपचारिका कार्यक्रम सकिएपछि पनि पत्रकारहरुले सोधेको ‘उक्त विवादबाट तपाईले के सिक्नुभयो ?’ भन्ने प्रश्नमा ऋचाले भनिन् ‘आफुलाई आफ्नो मनमा लागेका कुरा निर्धक्क भन्न पाउनुपर्छ ।’

ऋचा उनको अभिब्यक्तिको कारणले मात्र रिसाइन् । चलचित्रक्षेत्रमा चलेको हल्लाका बिषयमा सोध्दा समेत रिसाएर बोलिन् । नायक अर्पण थापासँगको प्रेम सम्बन्धको चर्चा छ नि, यो खास के हो ?, पत्रकारहरुको यस्तो प्रश्नमा ऋचाले रिसाउँदो अनुहारमा भन्छिन्– ‘उहाँ विवाहित व्यक्ति हुनुहुन्छ । उहाँसँग कसैको नाम जोड्नु अगाडि हजार पटक सोच्नुहोला । पटक–पटक सँगै काम गर्नुको पछाडि धेरै कुरा हुन्छन् । उहाँ एउटा स्क्रिप्ट राईटर, कलाकार र निर्देशक हुनुहुन्छ ।’ ऋचा र अर्पणले ‘फिर्के’सँगै ‘आधा लभ’, ‘सुनकेसरी’ फिल्ममा काम गरिससकेका छन् ।

चलचित्रमा उनको विशेष भूमिका रहेको बताइएको छ । आफु मुख्य भूमिकामा नरहेको तर बिषेश भूमिका रहेको ऋचाले बताइन् । उनले आफूले चलचित्रका निर्माता तथा कलाकार सुलेमान शंकर ‘ईकु’ र निर्देशक रवि डंगोलको आग्रहलाई अस्वीकार गर्न नसकेर ‘फिर्के’ गरेको पनि बताइन् । ऋचाले कुनैपनि चलचित्रमा मुख्य भूमिका हुनुपर्छ भन्ने धारणा नराखेको र सबैले सम्झने खालको भूमिका हुनुपर्ने उनको धारणा थियो । जुन ‘फिर्के’मा रहेको उनी बताउँछिन् । ‘यस अघि ‘लुट’ र ‘लुट २’ मा पनि मेरो सानो भूमिका थियो तर त्यसबाट म खुसी थिएँ । सधै फिल्ममा मुख्य भूमिकामा नै हुनुपर्छ भन्ने छैन । सानो भूमिका भएपनि सबैले सम्झने खाले भूमिका हुनुपर्छ । ‘फिर्के’मा मैले निर्वाहा गरेको भूमिकालाई दर्शकले मनपराउनु हुन्छ भन्नेमा ढुक्क छु ।’

कार्यक्रममा चलचित्रका निर्माता तथा कलाकार सुलेमान शंकर इकु र निर्देशक रबि डंगोलले चलचित्रलाई दर्शकले मन पराउनेमा आशावादी रहेको बताए । चलचित्रलाई राम्रो बनाउन कुनै कसुर बाँकी नराखेकोले पनि दर्शकले चलचित्रलाई मन पराउने उनीहरुको भनाई थियो । समाचार हिमालय टाइम्समा प्रकाशित छ ।

फिर्केका कलाकार तथा निर्माता शुलेमान शंकर इकु सँगको कुराकानी