
<pre style="text-align: justify; "><b>पुस, मुम्बई (एजेन्सी) । </b></pre><p style="text-align: justify; ">अंग्रेजी नयाँबर्षमा बलिउड अभिनेता रणवीर सिँहले आफ्नी प्रेमिका दीपिका पादुकोणलाई खुशी राख्न हरसम्भव प्रयास गरिरहेका हुन्छन् । रणवीरले दीपिकाका लागी नयाँबर्ष दिपिकाका साथ मनाउने भएका छन् । यो नै रणवीरको ‘प्रेमिका दीपिकाका लागि विशेष उपहार हुनेछ । </p><p style="text-align: justify; ">रणवीरले नयाँ वर्ष दीपिकाका साथ मालदिभ्समा मनाउने बताइएको छ । बलिउड मिडियाका अनुसार मालदिभ्समा रणवीर सिँह र दीपिका पादुकोण प्राइभेट बीच भएको भिलामा बस्ने भएका छन् । जसका कारण दुवै जनाको प्राइभेसीमा कुनै कमी नहुने अनुमान गरिएको छ । यसअघि दीपिकाले क्रिसमसको विदा भिएनामा मनाएकी थिइन् । अव उनी मालदिभ्स जाने तयारीमा छिन् । यो महिनामा कयौं पटक अभिनेता रणवीर सिँह एयरपोर्टमा देखिएकाले उनी नयाँ वर्षको तयारीमा व्यस्त रहेको अनुमान गरिएको छ । नयाँ वर्षको विदा पछि रणवीर सिँह आफ्नो आगामी फिल्म ‘गल्ली ब्वाय’ को शूटिङमा व्यस्त रहने बताइएको छ ।</p><p style="text-align: justify; "><br></p>